जीवनलाई सार्थक बनाउन आध्यात्मिक ज्ञान योग साधना आवश्यक !

पोखरा, २०७३ फागुन २५ । मानवीय चेतनाको विकास गराउने उद्देश्यले सूर्योदय लघुवित्त वित्तीय संस्था लि. स्याङजा केन्द्रिय कार्यालयको आयोजनमा मोटीभेसनका लागि राजयोग ध्यान विषयक प्रशिक्षण पोखरामा बुधवार सम्पन्न भएको छ ।

सो प्रशिक्षण कार्यक्रममा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले जीवनलाई सार्थक बनाउनको लागि वर्तमानमा भौतिक आवश्यकताको साथमा आध्यात्मिक ज्ञान योग साधनाको आवश्यकता भएको हुदा दैनिक जीवनमा योग ध्यानलाई पनि समावेस गदै लैजानु पर्ने आजको आवश्यकता भएको बताए ।

प्रशिक्षणमा रोल्पा, गुल्मी, ,स्याङजा, लमजु¨, पर्वत, बागलुङ, म्याग्दी, प्यूठानका मेनेजर एवं संचालक समिति सदस्यहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.