मध्य पहाडी लोकमार्गको तुरतुरे खण्ड २३ दिन पछी सन्चालनमा !
सडक वारपार गर्ने प्रजिअ खरेल तथा डिई दृष्टि चढेको गाडी पहिलो, स्थानीयमा खुशियाली !

दिनेश शर्मा, बागलुङ भिङगिठे २०७५ असोज २० । गत भदौ २९ गते राति ११ बजे तुरतुरे देउरालीको पहिरो खसेर अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग भरखर मात्र सन्चालनमा आएको छ । केहि दिन देखी पहिरोको दुबै साइडबाट दुईदुई स्काभेटर पयोग गरी पहिरो पन्छाउने कार्य जारी रहेकोमा केहि बेर अघीमात्र पहिरो सफागरी लोकमार्ग सन्चालनमा आएको हो । पहिरो पन्छाईए लगत्तै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल तथा मध्यपहाडी लोकमार्गका डिई रमेश दृष्टि सवार जीपले लोकमार्ग अवरुद्ध बनेको २३ दिन पछी पहिलो पटक लोकमार्ग वारपार (क्रस) गरेको हो । प्रजिअ खरेल चढेको बा २ झ १०६८ नं जीपले लोकमार्ग क्रस गरेपछी त्यहाँ उपस्थित स्थानीयवासीले खुशियाली व्यक्त गरेका छन् ।

झण्डै एक महिना लोकमार्ग अवरुद्ध बन्दै यस पश्चिम क्षत्रका जनताको दैनिकी चौपट बनेको थियो । चाडबाडको मुखैमा लोकमार्ग अवरुद्ध बनेपछी दैनिक उपभोग्य बस्त’ देखी स्थानीयवासीलाई आवत जावतमा समेत समस्या परेपछी जनजीवन कष्टकर बनेको थियो । आज पहिरो व्यवस्थापन पश्चात सवारी साधन सन्चालनमा आएपछी आम जनतामा राहतको महसुस भएको छ ।

आजै विहानै तुरतुरे पहिरो अवलोकन गर्न आएको प्रजिअ खरेल तथा डिई दृष्टिको टोलीले पहिरो पछी बडीगाड थुनिएर बनेको तुरतुरे तालको अवलोकन गरेको थियो । अवरुद्ध सडक सन्चालनमा ल्याउन मध्यपहाडी लोकमार्गका ईन्जिनियर जयनाथ यादव केहि दिन देखी तुरतुरे पहिरोमा रहेका कार्य गर्दै आएका छन् । अहिले तुरतुरेमा भीषण वर्षा भैरहेको छ ।

आजै विहान अबरुद्ध लोकमार्गको पहिरो निरीक्षण अवलोकनका लागी प्रमुख जिल्ला अधिकारी खरेल तथा मध्य पहाडी लोकमार्ग बागलुङ खण्डका डिई रमेश दृष्टि सहितको टोली यहाँ आएको थियो ।

सबैको आकर्षण तुरतुरे ताल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *