धौलागिरी प्राथमिक बिद्यालयको स्वर्ण जयन्तीको उद्घाटन

घनश्याम गौतम, गल्कोट २०७५ असोज २० । धौलागिरी प्राथमिक बिद्यालय गल्कोट नगरपालिका बडा नम्बर ३ सिहालको स्वर्ण जयन्तीको हिँजो उद्घाटन गरिएको छ ।
कार्यक्रमको उद्घाटन गदै शिक्षा बिकास तथा समन्वय ईकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले गुणस्तरिय शिक्षाको लागी शिक्षक अभिभाबक मात्रै क्रियाशील भएर नहुने भन्दै भौतिक ब्यबस्थापन र कक्षा ब्यबस्थापन पनि आबश्यक हुने बताए ।

कार्यक्रममा गल्कोट नगरपािलका बडा नम्बर ३ का बडा अध्यक्ष वीरजंग भण्डारी, नगर कार्यपालिका सदस्य रत्नकला अधिकारी, पुर्ब शिक्षक गणेशदत्त उप्रेती, पुर्ब बिद्यार्थी दान बहादुर बोहोरा, चन्दादाता ईश्बर खत्री लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

नयाँ संरचना अनुसार बडा स्तरीय भलिबल प्रतियोगीता तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको बिद्यालयका प्रधानाध्यापक धनकुमारी भण्डारी गौतमले जनाकारी दिईन् ।
कार्यक्रम स्वर्ण जयन्ती आयोजक समतिका सयोजक मिन बहादुर खत्रीको अध्यक्षता प्रधानाध्यापक धनकुमारी भण्डारी गौतमको स्वागत र शिक्षक गुञ्ज बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । आज बिहान १० बजेबाट बिविध सास्कृतिक तथा खेलकुदका कार्यक्रम सञ्चालन गरिने बिद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *