सनराइजमा क्रिकेट खेलको प्रशिक्षण प्रारम्भ

बागलुङ, २०७५ असोज १९ । बागलुङमा पहिलो पटक सनराइज आवासीय माध्यमिक विद्यालयले क्रिकेट खेलको व्यवसायिक प्रशिक्षण प्रारम्भ गरेको छ । विद्यालयको हाता भित्र सञ्चालन हुने क्रिकेट प्रशिक्षण कार्यक्रमको उदघाटन नेपाल पत्रकार महासंघ, बागलुङका सभापति दिल श्रीसले बलिङ र प्रशिक्षक आशिष पौडेलले ब्याटिङ गरि उद्धघाटन गरिएको थियो ।

उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सचिव भिमसेन शाक्य, नेपाल गोजुरियो कराते दो सघका केन्द्रिय सदस्य पुष्पा कुमारी क्षेत्री, क्रिकेट विकास समितिका अध्यक्ष विष्णु आचार्यले शुभकामना मन्तव्य रहेको थियो । विद्यालयका वि.व्य.स अध्यक्ष निर बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रिन्सिपल चन्द्रबहादुर क्षेत्रीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *