पूर्वराजा ज्ञानेन्द्रको नवलपरासीको गैंडाकोटमा स्थानीयबासीद्वारा भब्य स्वागत !

अविश अधिकारी, नवलपरासी गैँडाकोट २०७३ फागुन २५ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नवलपरासीको गैंडाकोटमा स्थानीयबासीले भब्य स्वागत गरेका छन् ।

कांग्रेस चोकबाट करिब ५०० मिटर भित्र रहेको गणेश मन्दिरमा मन्दिर व्यवस्थापन समितिले मंगलबार पुजा अर्चनाको कार्यक्रम आयोजना गरेको थियो । राजतन्त्रको पक्षमा कलम चलाउँदै आएका युवा विश्लेषक सन्तोष भुसालको बिशेस पहल रहेको थियो ।

आफै मोटर हाँकेर आएका पूर्वराजा शाह करिब ३०० मिटर लामो लाइनमा बसेका सर्वसाधारणको फूलमाला ग्रहण गर्दै हिंडेरै मन्दिरसम्म पुगेका थिए ।राजतन्त्रको पक्षमा चर्को नाराबाजी गर्दै “राजा ल्याउँ देश बचाउं” नारा घन्किएको थियो ।

मंगलबार पूर्वराजा शाह नवालापरसिको दुम्कौली स्थित चौधरी ग्रुपले निर्माण गरेको शास्वत धाम मन्दिराको पुजामा सरिक भएका थिए ।
सोमबार चितवन पुगेका शाह आज राजधानी फर्किने श्रोतले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *