अब मोटर साइकल र स्कूटरको अनुमति पत्र बागलुङबाटै !

बागलुङ २०७३ पुस २० । केहि समय देखी रोकिएको मोटरसाइकल र स्कूटी/स्कूटरको लाईसेन्सका लागि लिईने परीक्षा अब बागलुङमै दिन पाईने भएको छ ।

यातायात व्यवस्था कार्यालय बागलुङले आज ए र के वर्गको सवारी चालक अनुमतिपत्र परीक्षाका लागि आवेदन आव्हान गरेपछी सवारी चालक अनुमति पत्र लिन चाहनेहरुलाई सजिलो भएको हो ।

यातायात व्यवस्था कार्यालय बागलुङले आज प्रकाशित गरेको सूचना अनुसार मोटरसाईकलको लागि यहि पुस २६ गते देखी ऐ २८ सम्म र स्कूटी स्कूटरको लागि पुस २९ गते दरखास्त दिन भनिएको छ ।

परीक्षा निष्पक्ष र अनुमतीपत्र सही रुपले वितरण हुनुपर्ने सरोकारवालाहरुको माग रहेकोछ । पहिल पहिले जस्तो आर्थिक चलखेल नगर्न समेत उनिहरुले सम्वद्ध पक्षलाई सतर्क गराएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *