खरुवा माद्यमिक बिद्यालयमा निसान भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना !

गल्काेट २०७५ असाेज १९ । शान्ति नेपाली समाज बेलायतद्वारा खरुवा माद्यमिक बिद्यालय गल्कोट नगरपालिका ४ खरुवामा अक्षयकोष स्थापना गिरएको छ । समाजका सदस्य गल्कोट नगरपालिका ३ धुस्तुङ निवासी निसान भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो । भन्डारीको १९ वर्षको उमेरमा दुई वर्ष अगाडि निधन भएको थियो । प्रत्येक वर्ष एस इ इ परीक्षामा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाइ पुरस्कार दिने उदेश्यले १ लाख ११ हजार १ सय ११ राशिको अक्षयकोष स्थापना गरिएको बिद्यालयले जनाएकाे छ ।

अक्षयकोष स्थापाना कार्यक्रममा बोल्दै शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिल बहादुर थापाले समाजका एक सकृय सदस्यको निधन पश्चात् सम्झनाको लागि अक्षयकोष स्थापना गरेको बताए ।

कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक हेमराज गैरेले बिद्यार्थीलाई उत्साहित बनाउने गरि निशान भन्डारीको सम्झ्नामा समाजले स्थापना गरेको कोषले विद्यार्थीलाई लगनशील बनाउन थप प्रेरणा मिलेको बताए ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका सदस्य खुम प्रसाद न्यौपानेको अध्यक्षता,शिक्षक सुरमणी शर्माको स्वागत र गोबिन्दप्रसाद शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *