ग्वालीचौर स्थित भानु माध्यमिक बिध्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न !

दिनेश शर्मा, बडीगाड २०७५ असाेज १९ । फिक प्रहरी कार्यलय बुर्तिबाङले आफ्नो सेवा क्षेत्र अन्तर्गत बाग्लुङ पश्चिम् भेगमा आफ्नो सकृयता बढाएको छ। जस अन्तर्गत आज बडिगाड गाउपालिकाको केन्द्र बडिगाड ५ ग्वालीचौरमा रहेको भानु माध्यमिक बिधालयमा ट्राफिक सचेतना प्रदान गरिएको हो।

भानु माध्यमिक बिधालयका प्र अ केशब खरेलको अध्यक्षता वडाअध्यक्ष्य अर्जुन प्रसाद खरेलको प्रमुख आतिथ्यता भएको सचेतना कार्यक्रममा ट्राफिक हवल्दार वसन्त पौडेलले ट्राफिक नियम सम्बन्धी जानकारी गराएकाे भानु मा बि का शिक्षक टीका पाइजाले इबागलुङलाई बताए ।

कार्यक्रममा प्र अ केशब खरेल र वडाअध्य्क्ष अर्जुन प्रसाद खरेलले बोल्दै सचेतना कार्यक्रम मार्फत सिकेका र बुझेका कुराहरु व्यवहारमा उतार्न अनुरोध गर्दै मध्यपहाडी लोकमार्ग आसपासमा ट्राफिक सचेतना कार्यक्रम आवश्यक रहेको भन्दै ट्राफिक कार्यलय र प्रहरीलाई समेत धन्यबाद ज्ञापन गर्दै अन्य ठाउँ र बिधालयमा यस्तो कार्यक्रम अगाडि बढाउन अनुरोध समेत गरेका थिए।

कार्यक्रममा ५८० जना बिधार्थी शिक्षक स्टाफ र स्थानियहरु समेतको उपस्थिती रहेको थियो । कार्यक्रम इलाका प्रहरी कार्यलय खारका प्रमुख लालमणी पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *