ढोरपाटनमा तिब्बती चिकित्सा परम्परानुसारको दुई दिने आयुर्वेदीय स्वास्थ्य शिविर सम्पन्न !

ढोरपाटन २०७५ असोज १९ । ढोरपाटन स्थित तिब्बती शरणार्थीहरुको गुम्वामा चार शास्त्र विद्यालयको आयोजनामा तिब्बती चिकित्सा परम्परा आयुर्वेदीय पद्दति अनुसारको दुई दिने स्वास्थ्य शिविर हिँजो बिहीबार सम्पन्न भएको छ । शिविरमा ११५ जनाको स्वास्थ्य परीक्षण सहित झण्डै रु ८० हजारको निशुल्क औषधी वितरण गरिएको सहकर्मी ईन्द्र शाहीले जानकारी दिए ।

शिविरमा ग्यास्टिक, बायुगोला, पायल्स, निमोनिया आदि रोगहरुको उपचार गरिएको थियो । शिविरमा तिब्बती चिकित्सकको सेवा उपलव्ध भएको थियो भने स्थानीय छेन्तुङका विष्णु थापाले सहयोगीको भूमिका निर्बाह गरेका थिए ।

सहकर्मी शाहीका अनुसार ढोरपाटन स्थित गुम्वामा प्रत्यक वर्ष मुलुकका विभिन्न भागहरुबाट तिब्बती परम्परा अनुसारको आयुर्वेदिक पद्दतीको अध्ययनका लागी विद्यार्थीहरु आउने गर्छन । गत असार महिना देखी सुरु गरिएको अध्ययन अब दुई चार दिनमा नै सम्पन्न हुने भएकोले बुध र बिहीबार स्वास्थ्य शिविर सन्चालन गरिएको हो । अध्ययनका लागी काठमाडौ, डोल्पा र बागलुङ स्थित तिब्बती क्याम्पहरुबाट १७ जना विद्यार्थी सरीक रहेको बताईएको छ । तिब्बतीहरुले ५ देखी ९ वर्ष सम्म यो चिकित्सा पद्दती अध्ययन गर्नैपर्ने बाध्यता रहेको एक जना तिब्बतीले बताए ।

स्मरणीय छ, केहि वर्ष पहिले यस गुम्बामा बस्ने एक जना लामालाई अज्ञात व्यक्तिहरुव्दारा हत्या गरिएपछी तिब्बती शरणार्थीहरुको संख्या पातलिदै गएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *