गत वर्ष पहिरोले बगाएको भिमगाड बिद्युत परियोजनाको पुन: निर्माण कार्य सुरु !

बिमल खड्का, बागलुङ (भिङगिठे) २०७५ असोज १८ । २०७४ साल साउन २९ गते बडीगाड गाउपालिका-७ साविक भिमगिठे गाविस वडा न २ को ठुलीचौरबाट खसेको पहिरोले भिङगाड खोला थुनिएपछी खोलापारी रहेको ४२ किलोवाटको भिमगाड प्रथम जलविद्युुत आयोजनाको पावर हाउस सहित विद्युत गृहको मेशिन सबै बगाएर तहस नहस बनेको उक्त परियोजनाको पुन:निर्माण कार्य अबको दुई महिना भित्र सम्पन्न हुने बताईएको छ । रु ७५ लाखको लागतमा विद्युत गृहलाई आवश्यक मेसिन र विद्यत नहरसहित स्तरोन्नति गर्न थालिएको श्रोतले बतायो ।

बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको रु ५५ लाख आर्थिक अनुदान र समुदायबाट २० लाख जनश्रमदानसहित विद्युत परियोजनाको पुर्नःनिमार्ण कार्य थालनी गरिएको जानकारी दिँदै आयोजनाका सचिव जीत बहादुर थापाले पहिलेको भन्दा १३ किलोवाट क्षमता बढाएर ५५ किलोवाट विद्युत् उत्पादन गर्ने बताए।

अहिले विद्युत् गृहको घडेरी खन्ने फोर विल ट्याङकी र बालुवा थिग्रेयाउने ट्याङकी बनाउने काम भइरहेका बताउँदै अबको केहि दिनमा त्यो काम सकेर नहरको स्तरोन्नती तथा विद्युत् गृह बनाउने तयारी भएको आयोजनाका अपरेटर हर्क खत्रीको भनाई छ । विद्युत् परियोजना पुन निर्माण भएपछि बडिगाड गाउँपालिका वडा नम्बर ६ र ७ का करिब ६ सय घरधुरी उज्यालोमा बस्न पाउने छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *