रु २२ लाखको खर्चमा हटियामा हुन लागेको राष्ट्रिय महिला भलिबलको तयारी तीब्र

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असोज १८ । बागलुङको गलकोटमा हुन लागेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागी आवश्यक आर्थिक संकलन जापान, कारिया र नेपालभर सञ्चालन गरिएको जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यम श्रीसले बताए । श्रीसका अनुसार प्रतियोगितामा करिब २१ लाख ६९ हजार खर्च लाग्ने अनुमान गरिएको छ । करिब २२ लाख आर्थिक संकलन गर्ने लक्ष्य लिएको आयोजकले हालसम्म केहि रकम संकलन भएको जानकारी दिएको छ ।

प्रतियोगिताका लागी सहभागी हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी क्लबको ए पि एफ क्लब, तथा मुलुकका सातै प्रदेशबाट सहभागी गरि १० टिम सहभागी हुने समुहलाई गल्कोटका १० होटलमा बस्ने ब्यवस्थापन गरिएको अध्यक्ष श्रीसले बताए । गल्कोट हटियाको गल्कोट बहुमुखी क्यापस परिसरमा सञ्चालन गरिने उक्त प्रतियोगिताका लागी खेलमैदानको ब्यवस्थापन र वरपर तारवार लगाउने कार्य भोलिदेखि सञ्चालन गरिने समितिको कोषाध्यक्ष गोर्ख भण्डारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *