गजल : आमा र देश मलाई वरावर लाग्छ

लालिगुँरास फूल्ने यो मन नेपाली त होनी ।
डाँफे मुनाल डुल्ने यो मन नेपाली त होनी ।।

जहाँ गएनि भएनि चिम्ली आँखा खोल्दा ।
सगरमाथा खुल्ने यो मन नेपाली त होनी ।।

ज्ञानभुमी तपोभुमी मातृभुमी वुद्धभुमी ।
शान्तिसंग भुल्ने यो मन नेपाली त होनी।।

हिमाल पहाड तराई मधेश कुना कन्दरामा ।
सवैसंङग घुल्ने यो मन नेपाली त होनी ।

निर्मल पौडेल एन.पि.घायल
कुस्मा पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *