सिसाखानीमा उज्यालो तारञ्जा अवधारणा : दलित/विपन्न विद्यार्थी अध्ययन गर्ने विद्यालयमा सरसफाई !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७३ फागुन २५ । बागलुङ सदरमुकामवाट ७२ किलोमिटरको दुरीमा रहेको सिसाखानी गाविस- ७ को तारञ्जा स्थित कञ्चनापुर प्राथमिक विद्यालयमा , उज्यालो तारञ्जा अवधारणा अन्तर्गत सरसफाई प्रशिक्षण, सहजीकरण तथा सहयोग कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

तारञ्जाको यस प्राथमिक विद्यालयमा दलित एवं विपन्न परिवारका विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । स्रोतको अभाव, सरसफाईको चेतना र अवस्था कमजोर भएको कारण विद्यार्थीको सिकाईमा प्रभाव परेका भन्दै विद्यालय निरिक्षक प्रकाश ओझाको समन्वय तथा सक्रियतामा सो कार्यक्रम संचालन भएको हो ।

कार्यक्रममा विद्यालय आसपास र परिसरको सरसफाई गरिएको थियो भने प्रत्यक वालवालिकालाई हात खुट्टा धुँवाउदै, कपाल काट्ने, कपाल कोर्ने लगाएतलका सरसफाई सिकाइएको थियो। त्यस्तै कार्यक्रममा स्टेशनरी सामाग्री वितरण गरिएको थियो भने अभिभावक, शिक्षक र विद्यार्थीलाई प्रशिक्षण समेत दिइएको थियो ।

त्यस्तै स्वास्थ्य चौकी दगातुन्डाडा र सिसाखानीको सहयोगमा विद्यार्थी तथा अभिभावकहरुलाई नि:शुल्क स्वास्थ्य जाँच समेत गरिएको थियो ।

सो कार्यक्रममा लेडी मोडल, स्टाफ नर्स, कार्यक्रममा सहयोग गर्ने सहयोगी, अभिभावक, विद्यार्थीका साथमा विद्यालय निरिक्षक, ग्वालीचौर श्रोतकेन्द्र भित्रका विद्यालयका प्रधानाध्यापकहरु, गाविस सचिव, स्वास्थ्यकर्मी, पत्रकार, लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा यस अभियानमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । पञ्चेवाजा सहित स्थानियको सहभागिता रहेको कार्यक्रममा बागलुङ क्षेत्र नं. ३ की सांसद ज्ञान कुमारी छन्त्याल, दलित संघका जिल्ला सदस्य असरी वि.क., युवा व्यवसायी महेन्द्र गुरुङ, स्थानिय यामेन्द्र घर्ती, भानु मावि ग्वालीचौरका प्रधानाध्यापक केशव खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त दिएका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन वहादुर शेरचनको अध्यक्षता तथा प्रधानाध्यापक पुनाराम गिरिको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *