क्रृश्चियन धर्म प्रचारक सशस्त्र प्रहरीका हवल्दार गुरुङ्ग पक्राउ !

प्रेम सुनार, गुल्मी २०७५ असोज १७ । सशस्त्र प्रहरी हवल्दार नै गुल्मीम क्रिश्चियन धर्म प्रचारको प्रदेश दुत रहेको समाचारका बिषयमा हामीले हिजो सम्वन्धित निकाय संग खोजीनीति गर्न साथ गुल्मीको क्रिश्चियन धर्म प्रचारक बनेका सशस्त्र प्रहरी बलका ती प्रहरी हवल्दार दिलिपबहादुर गुरुङ्ग पक्राउ परेका छन । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको समन्वयमा उनि पाल्पा जिल्ला प्रहरी कार्यालयव्दारा पाल्पाको क्राउन होटलबाट गए राती नै पक्राउ परेका हुन ।

सशस्त्र प्रहरी गुल्मी, गुल्मीका प्रमुख डिएसपी दिनेशबहादुर रायमाझीले पाल्पाका सोही प्रहरी संगठनका प्रमुख डिएसपी ईस्वरीप्रसाद खनाल संग पनि समन्वय गरेका थिए । अन्ततः ती सशस्त्र प्रहरीका हवल्दार गुरुङ्ग तनहु जिल्लामा कार्यरत रहेको पुष्टि भएको छ । उनको जागिर १६ बर्षमा टेकेको छ ।

पाल्पाका जिल्ला प्रहरी प्रमुख एसपी बिश्वमणी पोखरेल भन्छन –‘ यहाँका सिडियो सावको निर्देशन र सशस्त्र प्रहरी कार्यालयका प्रमुखको आग्रहमा निजलाई समातेर हिरासतमा लिएका छौं, हामीले कार्वाही गर्न मिल्दैन, सशस्त्र प्रहरीलाई बुझाउँछौ , उहाँहरुले नै विभागीय कार्वाही गर्दै हुनुहुन्छ पाल्पाका सशस्त्र प्रहरी प्रमुख ईश्वरीप्रसाद खनाललाई जानकारी दिए । अन्ततः ती सशस्त्र प्रहरीका ब्यक्ति उर्फ क्रिश्चियन धर्म प्रचारकलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले सोही क्राउन होटलबाट गएराती नै पक्राउ गरी हिरासतमा लिएको छ ।

राती अबेर सम्म उनिहरुले गुल्मीबाट हिडी सकेका उनिहरुलाई समात्नका लागि पाल्पाको हाडथोक सम्म सशस्त्र प्रहरी यहाँबाट परिचालन गरिएको थियो । उनिहरु पाल्पा तानसेनको हकमा काठमाडौको महँङ्गो सोल्टी होटल जस्तै क्राउन होटलमा पुगेर बसेको सुचना गुल्मीका सिडियो पौड्याल कहाँ पुराईयो । त्यहाँबाट सिडियोले पाल्पाका सिडियो मनोहर प्रसाद खनाललाई सुचित गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *