नगर उपप्रमुख काउचाव्दारा मल्म स्वास्थ्य चौकीलाई औषधी हस्तान्तरण !

घनश्याम गौतम, गल्कोट २०७५ असोज १७ । उप प्रमुख रेनुका काउचा मगरले गल्कोट नगरपालिका वडा नं ७ स्थित मल्म स्वास्थ्य चौकीलाई मंगलबार एक कार्यक्रमका बीच जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङबाट प्राप्त औषधी हस्तान्तरण गरेकी छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख काउचा मगरले जनताको स्वास्थ्यलाई मध्यनजर गरेर नगरपालिकाले औषधी वितरण गरिएको बताईन् । उनले चाडपर्वको बेलामा गुलिया एवम् तेलजन्य परिकारको सेवनले मानवीय स्वास्थ्यमा नराम्रो असर पार्ने भएकोले तेलजन्य पदार्थबाट हुने असरबाट बच्न तथा स्बास्थ्यलाई मध्येनजर गरि त्यस्ता बस्तुको प्रयोग कम गर्न आग्रह गरिन् ।

नगरपालिकाले नगरपालिका भित्रका ८ वटा स्वास्थ्य चौकी एवम् प्राथमिक स्वास्थ्य केन्द्रमा औषधी वितरण कार्यक्रम सञ्चालन गरेको नगरपालिकाका स्वास्थ शाखा प्रमुख मिनराज शर्माले ईबागलुङलाई जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *