संघीय र प्रदेश उद्योग मन्त्री गण्डकी प्रदेशका औद्योगिक क्षेत्रको भ्रमणमा !

माधब पराजुली, पोखरा २०७५ असोज १७ । संघिय उद्योग मन्त्री मातृका यादव र गण्डकी प्रदेशका उद्योग मन्त्री विकास लम्सालले पोखरा औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् । पोखरा औद्योगिक क्षेत्रको वस्तु स्थिती र समस्या बुझ्नको लागी मन्त्री व्दय औधोगिक क्षेत्र पुगेका हुन् । नेपालमा उद्योगहरुको सख्या बृद्धि गर्दै उद्योग बाटनै समृद्धि हासिल गर्ने लक्ष्य संघ र प्रदेश सरकारले राखेको छ ।

गण्डकी सरकारले एक स्थानिय तहमा एक उद्योग ग्राम स्थापना गर्ने योजना अगाडी सारिसकेको छ भने केन्द्रिय सरकारले बन्द भएका उद्योगहरु लाई संचालनमा ल्याउने,सञ्चालित उद्योगहरुलाई थप व्यवस्थित गर्ने र उद्योगको सख्या बृद्धि गर्ने योजना अगाडी सारको छ । सोही लक्ष्यअनुरुप केन्द्रिय मन्त्री यादव नेपालका बिभिन्न स्थानमा रहेका औद्योगिक क्षेत्रहरुको अवलोकन गरेका छन् । सरकारले यस बर्ष ३ ठुला औद्योगिक क्षेत्रहरुको बिस्तार गर्न लागेको मन्त्री यादवले बताए । नेपालमा उद्योगहरुको विकास हुनुमा निजि क्षेत्रको ठुलो भुमिका रहेको बताउदै निजि क्षेत्रको लगानीमा सरकारले उद्योग स्थापना गर्ने उनको भनाई छ । निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सरकारले तयार पारिसकेको उनले बताए ।

प्रदेश सरकार सँगको समन्वयमा ती ठुला उद्योगहरु सञ्चालनमा ल्याउने उनको भनाई थियो । औद्योगिक विकास आजको आवश्यकता भएको बताउदै सरकारको समृद्ध नेपाल खुसी नेपाली भन्ने नारालाई उद्योगबाट पुरा गर्न सकिने बताए । ‘उद्योगबाट विकास,समृद्धि र परिर्वतन सम्भव छ,मन्त्री यादवले भने, ’सरकार उद्योग बाटनै रोजगारको ग्यारेण्टी गर्छ,अब बिगतमा जस्तै युवाहरु बेरोजगार बस्नु पर्दैन । यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि सरकारले पहल थालेको बताउदै थप नयाँ उद्योगहरु पनि सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।

यादवले समाजवादको आधार तयार नभएसम्म देश प्रगतिको बाटोमा अगाडि बढ्न नसक्ने बताउदै समाजवादको दिशामा अगाडि बढ्नका लागि सम्पूर्ण नेपालीको आर्थिक विकास गर्न उद्योगको विकास आवश्यक बताए । उद्योग धन्दाको विकास बिना मुलुक समृद्ध बन्न नसक्ने उनको भनाई थियो ।

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकारले उद्योगीहरुको हक हितमा मात्र काम गर्ने बताउदै सरकारले उद्योग मैत्री वातावरण सिर्जना गर्ने बताए ।उद्योग नेपालको आर्थिक रुपान्तरणको वाहक र समावेशी अर्थतन्त्र निर्माणको आधारस्तम्भ भएको बताए । देश अर्थतन्त्र बलियो बनाउने तथा स्वरोजगार प्रदान उद्योग बाट प्राप्त गर्न सकिने बताउदै उद्योगमुखी वातावरण र औद्योगिक कार्याविधी बनाएर अगाडी बढ्ने बताए ।समग्र मुलुकको आर्थिक क्षेत्रलाई अभिवृद्धि गर्नको लागी औद्योगिक नीति, लगानी नीति आवश्यक रहेको बताउदै उद्योग बाट आर्थिक रुपान्तरण सम्भव हुने उनको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *