काठेखाेला गाउँपालिका १ मा ६ कि मि गाेरेटाे वाटाे मर्मत !

भरत सापकाेटा, बागलुª २०७५ असाेज १७ । काठेखाेला गाउँपालिका वडा नं १ मा मंगलबार खहरे हेल्थ पाेष्ट मनाङ सम्मकाे करिव ६ कि मि गाेरेटाे वाटाे मर्मत भएकाे छ । वडा समितिको प्रति महिना एक दिन श्रमदान गर्ने निर्णयअनुसार उक्त काम सम्पन्न भएको हाे । वडा अध्यक्ष खड्क बहादुर थापाकाे नेतृत्वमा साविक पाला १ र २का १५० बढी नागरिकहरूको सहभागिता रहेकाे थियोे ।

गाउँमा राज्यले गरेकाे लगानी सिमित भएकाे र नागरिकहरूको बिकास काे असिमित अाबश्यक्ता सम्वाेधन गर्न एवम् अाफ्नाे मेहनत परेकाे काममा नागरिकहरूको अपनत्व समेत महसुस हुने भएकाले यस्तो अभियान चालिएको वडा अध्यक्ष थापाले बताए । वडा सदस्य रिता नेपाली , ने का वडा सचिव गणेश नेपाली, साविक वडा नं २ का पुर्व अध्यक्ष जाेखिराम थापा, सुरेन्द्र हमाल, सामुदायिक मेलमिलाप कर्ता कुमारि थापा लगायतले समुहगत नेतृत्व गरेका थिए ।

साविक वडा नं १ र २ का २ समूह गरि ४ समुहमा गरिएको काममा उक्त काम भएकाे हाे । असाेज १९ गते सिलिखेत देखि चनाैटे पिपलडाडा सम्म र २० गते दाेविल्ला देखि छापा सम्म काम गर्ने याेजना रहेकाे वडा सदस्य रिता नेपाली ले वताइन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *