शिव माद्यामिक बिद्यालय काडेबासको ३३ औ बार्षिकोत्सव सम्पन्न !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ फागुन २४ । शिव माद्यामिक बिद्यालय काडेबासको ३३ औ बार्षिक उत्सव आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सांसद प्रकाश शर्मा पौड्यालले जनताले शिक्षा आर्जन गर्ने महत्वपुर्ण क्षेत्र बिद्यालय भएको भन्दै सबैभन्दा पहिले बिद्यालयको आन्तरिक ब्यवस्थापन मजबुत बनाउनुपर्ने बताए । उनले देश बिकासका मरुदण्ड बिद्यार्थी भएका कारण बिद्यार्थीलाई सैद्धान्तिक भन्दा ब्यवहारिक सिपको बिकास गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले शैक्षिक रुपान्तरणका लागी अभिभावक, शिक्षक र बिद्यार्थी एक हुनुपर्नेमा जोड दिए । उनले देशको शैक्षिक बिकासका लागी सरकारले शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गनुपर्ने बताए ।

त्यस्तै जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बिद्यालयको प्रगति यहाँका अभिभावक र शिक्षकहरुको देन भएको बताए ।

सो अवसरमा कक्षा १२ बिद्यार्थी भिम सुनारले स्थानिय सामाग्री उत्पादन गरि आफनै सिपको प्रयोगबाट निर्माण गरिएको कारको प्रर्दशन गरिएको थियो । सुनारले आफुले निर्माण गरेको कार गुडाएर सम्पुर्णलाई चकित पारेका थिए ।

कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक हरि चालिसेले बिद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा बिद्यालयमा ईलाईब्रेरी सञ्चालन गर्नका लागी सहयोग गर्ने चन्दादाता, बिभिन्न अध्यक्षकोषदाता लगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै सोहि अवसरमा ईलाईब्रेरी परियोजनाका आर्थिक संयोजक गोबिन्दराम कडेलले आगामि दिनमा ईलाईब्रेरी थप गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुनदत्त कडेलको अध्यक्षता, शिक्षक पुस्कर सापकोटाको स्वागत मन्तब्य, शिक्षक प्रकाश शर्मा र भिमप्रसाद सापकोटाले गनुभएको थियो ।

त्यस्तै सो अवसरमा नेपाल लाईब्रेरी फाउण्डेसन तथा युरोप संयोजक सोमनाथ सापकोटाले ईलाईब्रेरी सञ्चालन गर्नु ठुलो कुरा नभएको भन्दै ईलाईब्रेरीबाट बिद्यार्थी, शिक्षक, अभिभावकहरुले सिपको बिकास गर्नु महत्वपुर्ण बिषय भएको बताए । कार्यक्रममा गलकोट बहुमुखी क्याम्पस हटियाका प्रमुख देबेन्द्र बहादुर खत्रीले मन्तब्य राखेका थिए ।


यसैवीच सासद पौडेलले चिसापानीघाट झोलुङ्गे पुल मल्म बागलुङको शिलान्यास गर्दै सांसद पौडेलले विकासका पूर्वाधारहरूलाई गाउँ गाउँमा र्पुयाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले आफु जनताले चुनेर पठाएको प्रतिनिधि भएको भन्दै जनताको हरेक सुख दुखमा साथ दिने बताए ।

बिभिन्न दातृ निकायको नगद रु ३५ लाख, १६ हजार ९ सय ३४ र निर्माण सामग्री गरी कुल १ करोड १२ लाखको लागतमा उक्त पुल निर्माण हुने छ ।

कार्यक्रम पुल निर्माण समितिका अध्यक्ष विष्णु कुमारी मल्लको अध्यक्षता, सचिव रत्न बहादुर मल्लको स्वागत र पत्रकार वीर बहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो । सासद पौडेलले आज दीपज्योति आधारभूत विद्यालय मल्म बागलुङको अनुगमन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *