साताको तस्वीर : विद्यामन्दिरको अविष्मरणीय भैलो !

बागलुङ २०७५ असोज १६ । आज भन्दा ठीक ३० वर्ष अघी २०४५ सालको यसैताका विद्यामन्दिर माध्यमिक विद्यालयको सहयोगार्थ भैलो कार्यक्रम आयोजना गरिएको थियो । आर्थिक दुरावस्थाबाट गुज्रिरहेको विद्यामन्दिर माध्यमिक विद्यालयलाई यो भैलो कार्यक्रमले निकै सहयोग पुग्यो । १८ दिनको भैलो कार्यक्रमबाट रु १ लाख बढी रकम संकलन भयो । भैलो कार्यक्रममा सबै गुरुहरु, सबै विद्यार्थीहरु, व्यवस्थापन समिति एवं स्थानीय युवाहरुको सक्रिय सहभागिता मात्र नभएर प्रशासन, प्रहरी, कर्मचारी लगायत विभिन्न संघ संस्थाहरु शिक्षा प्रेमी समाजसेवीहरुको व्यापक सहयोग जुट्न पुग्यो । फलस्वरुप भैलो कार्यक्रम अत्यन्त दर्शनीय, मनोरन्जनपूर्ण, सभ्य एवं भव्य रहन गयो ।

भैलो कार्यक्रमको शुभारम्भ गर्दाको ऐतिहासिक क्षण ।
खासगरी प्रधानाध्यापक अकलबहादुर श्रेष्ठ (अकल गुरु), सूर्यप्रसाद श्रेष्ठ (मिलन गुरु), ऋद्धिराज अधिकारी, परशुराम श्रेष्ठ, दिपक श्रेष्ठ, ध्रुव श्रेष्ठ, ईश्वर बज्राचार्य, गोविन्द अधिकारी, लक्ष्मण श्रेष्ठ, योगमाया श्रेष्ठ, मालती श्रेष्ठ, सहनशीला श्रेष्ठ, नारायण श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, दिलप्रसाद प्रधान, चयनदेवी श्रेष्ठ, तारा श्रेष्ठ, हिमालय श्रेष्ठ, रघुपति राजभण्डारी सबैको साहसिक जोश र जाँगरका कारण भैलो कार्यक्रमले छुट्टै प्रभाव कायम गर्न सक्यो । विद्यालयका लेखापाल कमल रेग्मी परिचरहरु शशिधर गौतम र चन्द्रबहादुर घर्तीको योगदान पनि कम थिएन ।

सुजाता घले कसैले बुझेन मेरो मनको वहलाई… गीतमा नृत्य गर्दै ।

सुन्दरी राभ, फुल कुमारी शाही, शम्मि कपुर श्रेष्ठ, टेकबहादुर भण्डारी
कार्यक्रममा विद्यामन्दिरमा अध्ययनरत बागलुङ, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाबाट महिला छात्रावासमा बसी अध्ययन गर्ने बहिनीहरुको प्रशंसनीय एवं अविष्मरणीय योगदान रह्यो । मनाङकी बहिनी चन्द्रकाँशी घले (सुजाता घले) शान्ता पुनेल र चन्द्रा गुरुङ, म्याग्दीका बहिनीहरु फुलकुमारी शाही र सीता पाईजा, मुस्ताङकी बहिनी शान्ति नेपाली, बागलुङका बहिनीहरु मना केसी, सुन्दरी राजभण्डारी, बिमला पुरी, रेजिना श्रेष्ठ, सुधा खड्का, सुषमा शेरचन, आशा गौचन लगायत थुप्रै बहिनीहरु कसैले नाँचेर कसैले गाएर कसैले व्यवस्थापनमा सहयोग पुराएर उत्साहप्रद सहभागिता जनाएका थिए ।

जीवन श्रेष्ठ दम्पति भैलोमा नाँच्दै, पृष्टभूमिका विद्यामन्दिर मावि विद्यालय व्यवस्थापन समितिका हालका अध्यक्ष सुवास राजभण्डारी ।

फुल कुमारी शाही र शम्मी कपुर श्रेष्ठ ।
भैलोमा आफ्नो कलात्मक प्रस्तुति दिने भाईहरु बसन्त केसी, शम्मीकपुर श्रेष्ठ, बिक्रम श्रेष्ठ, राजेश बाँस्कोटा, टेकबहादुर भण्डारी एवं बहिनीहरु सुजाता घले, फुलकुमारी शाही, सीता पाईजा, सुन्दरी राभ, रेजिना श्रेष्ठ, सुषमा शेरचन, सुधा खड्का लगायतले निकै पसिना बगाएका थिए ।

पछिल्लो पंक्तिको बायाँबाट गुरुहरु दिपक श्रेष्ठ, ईश्वर बज्राचार्य, ऋद्धिराज अधिकारी, समाजसेवी जब्बर बहादुर लामिछाने, गुरुहरु नारायण श्रेष्ठ, परशुराम श्रेष्ठ, गणेश बहादुर श्रेष्ठ अगाडी पंक्तिमा बस्नेमा गुरु हिमालय श्रेष्ठ, लेखापाल कमल रेग्मी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर खड्का, गुरु गोविन्दराज अधिकारी, प्रधानाध्यापक गुरु अकल बहादुर श्रेष्ठ र शिक्षक अनन्त बहादुर खड्का । (बिहुँ, दोबिल्ला )

मना केसी, बिमला पुरी, जिद्दीराज श्रेष्ठ, बसन्त केसी, हरिकृष्ण प्रधान गीतको रिहर्सल गर्दै ।
कसैले बुझेन मेरो मनको वहलाई …., बाँबरी फुलको बोट…. आदि गीतहरुमा भाई बहिनीहरुको नृत्य पस्तुतीले दर्शकहरुको मन लोभ्याएको थियो ।

स्थानीय युवा समाजसेवीहरु सुभाष राजभण्डारी, निर्देश राजभण्डारी, निर्मल श्रेष्ठ, कृष्णराज शर्मा लगायतले व्यवस्थापन पक्षमा देखाएको सुझबुझले भैलो कार्यक्रम सफल भएको हो भन्नु अत्युक्ति हुने छैन । भैलो कार्यक्रम भर कहिँ कतै कुनै अप्रिय घटना घटेन । सयौँ कलाकारहरुको सहभागितामा भएको भैलो कार्यक्रममा हजारौँको संख्यामा दर्शकहरुको उपस्थितिमा शान्ति सुरक्षाको व्यवस्थापन गर्न तत्कालीन प्रहरी नायव उपरीक्षक शेरबहादुर शाह स्वयं उपस्थित रहनाले पनि कार्यक्रम सभ्यरुपमा सफल हुन सहयोग पुग्यो । तत्कालीन प्रजिअ रामेश्वर शाह, जिशिअ भीमलाल गुरुङ समेतको हार्दिक सदासयता रहेको थियो ।

बसन्त केसी र सीता पाईजा ।

भैलो कार्यक्रमको सफलताको श्रेय गायक कलाकारहरु जीवन श्रेष्ठ, जिद्दिराज श्रेष्ठ, हरिकृष्ण प्रधानलाई दिनु पर्छ । सबैको योगदान र सहयोगबाटनै कार्यक्रम सफल बन्यो, त्यस्मा शंकागर्ने ठाउँ छैन तैपनि तत्कालीन घरेलु विकास कार्यालयका प्रमुख जीवन श्रेष्ठको अभावमा यो कार्यक्रम सम्भव थिएन । उनकै अथक परिश्रम र प्रयासबाटै भैलो कार्यक्रमले यस क्षेत्रमा तहल्का मच्चाउन सफल बन्यो । उनको योगदान अविष्मरणीय छ ।

गीतबारे मन्थन गर्दै जीवन श्रेष्ठ, कलाकार बहिनीहरु आशा गौचन, सुजाता घले, सीता पाईजा, कलाकार भाई हरिकृष्ण प्रधान, बसन्त राजेश बास्कोटा, टेकबहादुर भण्डारी, शम्मि कपुर श्रेष्ठ, बिक्रम श्रेष्ठ लगायत ।
भैलोको लोकप्रियता बढेपछी समाजेसेवी जब्बरबहादुर लामिछानबाट भैलो कार्यक्रम लिएर दोविल्ला आउन निम्ता आयो । ८५ जनाको भैलो टोली दोबिल्ला पुग्यो । त्यहा आयोजकले एउटा च्याँग्रा काटेर भव्य खानपिनको कार्यक्रम गरेका थिए । हामीहरुले विचार गयौँ भैलो टोलीलाई खुवाउदा मात्रै आयोजकलाई दश हजार भन्दा बढी खर्च भएको छ । यसरी निम्ता गरेर टाढा टोली जान नहुने विचार गरेर भैलो टोली बजार केन्द्रित बनायौँ । भैलो कार्यक्रममा उत्साहजनक सहयोग मिल्नुमा विद्यामन्दिर माध्यमिक विद्यालयको नामले पनि काम गरेको थियो ।

बिक्रम श्रेष्ठ र सीता पाईजा ।

गीत गायनमा कलाकारहरु ।

सीता पाईजा एकल नृत्य गर्दै ।
समय परिस्थितीले अहिले को कहाँ छौँ, के कसरी जीवन यापन गरिहेका छौँ त्यो आफ्नो ठाउँमा छ । तर एउटा खुशीको कुरा के छ भने त्यस बखत भैलो टोलीका सक्रिय युवा सहकर्मी सुवास राजभण्डारी विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिको गरिमामय अध्यक्ष पदमा आसीन छन् । ३० वर्ष पहिलेको तत्कालीन अवस्थामा विद्यामन्दिरको आर्थिक सुदृढीकरण अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने कलाकार भाई बहिनीहरु एवं तत्कालीन विद्यालय परिवारलाई पुनर्मिलन गराई यथोचित सम्मान गरेर विद्यालयप्रति सहयोगर्नेहरुको कदर गर्ने तर्फ बिचार फुरोस भन्ने हार्दिक शुभकामना दिनु अन्यथा हुने छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *