साँसद छन्त्याल व्दारा ५१ जना बाढी, पहिरो तथा डुवान पीडितका परिवारलाई राहत बितरण !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ असोज १६ । संघीय सांसद ज्ञानकुमारी छन्त्यालव्दारा पश्चिम बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गांउपालिकामा बाढी, पहिरो, तथा नदी कटानका कारण डुवानमा परेका ५१ घरपरिवारलाई एक कार्यक्रमका बिच मंगलबार राहत वितरण गरेकी छन् ।

विपदको समयमा आफु अस्वथ्य भएका कारण पीडित सामु आउन नसकेको स्मरण गर्दे साँसद छन्त्यालले आफनो सक्रियतामा नेपाली कांग्रेसबाट बिजयी साँसद तथा सहयोगी दाताहरुबाट संकलित १ लाख ४६ हजार रुपैया रकम राहत स्वरुप वितरण गरेका बताईन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिती एंव संघिय साँसद ज्ञानकुमारी छन्त्यालको आयोजनामा बुर्तिबाङमा एक कार्यक्रम सहित उतm राहत रकम पीडित परिवारलाई हस्तान्तरण गरीएको थियो ।

उतm अवसरमा पहिरोका कारण ज्यान गुमाएका निसीखोला गांउपालिका ३ का धनकुमारी शाही र डल्ली शाहीका परिवार मान बहादुर शाहीलाई नगद रु १० हजार, तुरतुरे पहिरोका कारण घर तथा पशु चौपायां सहित गोठ डुवानमा परेका ढोरपाटन नगरपालिका २ सिमलचौरका कृष्ण कुमाल, देविराम कुमाल, चुडाबहादुर कुमाल सहित बुर्तिबाङको बतासे खोलामा आएको बाढी तथा पहिरोका कारण घर पूर्ण क्षेति भएका धनबहादुर कुवंर, टेकबहादुर सुनार, लिलाधर अर्याल, सुमना सुनार, बेलबहादुर घर्ति, ढोरपाटन २ सेरामा पहिरोले घर भत्किएका निलबहादुर पुन, तुरतुरे पहिरो पार गर्ने क्रममा पहिरो खस्दा पुरिएर ज्यान गुमाएकी विविरण खातुनका छोरा सदिन खातुन गरी १२ परिवारलाई नगद रु ५ हजार रुपैयाका दरले ६० हजार राहत वितरण गरेकी छन् ।

त्यसैगरी साउन महिनामा आएको भेल पहिरोका कारण घरमा आंशिक क्षेती भएका ढोरपाटन नगरपालिका १ र २ का ३८ घरपरिवारलाई नगद रु २ हजार रुपैयाका दरले ७६ हजार रुपैया राहत वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी सांसद छन्त्यालले आफुले सांसद भएदेखिनै जनताको पीर मर्का र दुख सुखमा निरन्तर सहयात्रा गरिरहेको बताउंदै प्रत्यक बर्ष हुने दुखद घटनाले आफुलाई संधै चिन्तित तुल्याईरहेको बताउंदै पीडितलाई न्यायका निम्ती संसदमा निरन्तर आवाज उठाईरहेको बताईन ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सचिव नवराज पौडेलले अहिलेको दुईतिहाई बहुमतको सरकार भएपनी जनताको दुख पीडालाई समेटेर काम गर्न नसकेको आरोप लगाउंदै आफुहरुले जनताका आवश्यकता र दुख पीडासंग निरन्तर समन्वय गरीरहेको बताए ।

त्यस्तै तमानखोला गांउपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै जनताले दैवि प्रकोप निरन्तर खेप्दै आउनुपरेको स्मरण गराउंदै दैव िशतिmबाट बञ्च सकभर आफुहरुनै संयमित बन्नुपर्ने बताउंदै दैवी बिपत्तिमा परेका जनताको सेवा सुविधामा स्थानिय तहले समन्वय गर्नुको विकल्प नरहने बताए ।

कार्यक्रममा नेपाल महिला संघ क्षेत्रिय सभापती लिलमाया पुनले पनि मन्तव्य दिएकी थिईन् ।

त्यस्तै नेपाली कांग्रेस महाधिवेशन प्रतिनीधि सागर छन्त्याल, ढोरपाटन नगरपालिका १ का वडा सदस्यहरु असारी बिक, गौमती कुमाल, नेपाली कांग्रेसका वानबहादुर छन्त्याल, उद्योग बाणिज्य संघ ईकाई बुर्तिबाङका सदस्य धालेन्द्र छन्त्याल, पत्रकार लगाएतको आतिथ्यता रहेको कार्यक्रम नेपाल महिला संघ केन्द्रिय प्रतिनीधि दिलमाया पौवीको स्वागत, नेपाली कांग्रेस ढोरपाटन नगर सभापती शालिकराम शर्माको अध्यक्षता, मेषलाल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *