पत्रकार रानालाई दोस्रो चरणमा रु ३ लाख ७३ हजार रकम हस्तान्तरण !

ताराप्रसाद शर्मा बागलुङ, २०७५ असोज १६ । ए पलाष्टिक एनोमियावाट पीडित बागलुङका पत्रकार बिजय रानालाई दोस्रो चरणको रकम हस्तान्तरण गरिएको छ । रानाको उपचारका लागि नेपाल पत्रकार महासंघ बागलुङले संचालन गरेको बिजय राना बचाउ अभियान अन्तरगत दोस्रो चरणमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।

िबभिन्न व्यक्ति तथा संघ संस्थाले प्रदान गरेको रकम संकलन गरि पत्रकार महासंघ बागलुङ शाखाले शाखाका कोषाध्यक्ष समेत रहेका रानाको उपचारका लागि ३ लाख ७३ हजार ६ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्ने पत्रकारहरुले नेपाल पत्रकार महासंघले संचालन गरेको अभियानवाट बागलुङका पत्रकार बिजय रानालाई पुनर्जीवन दिएको बताएका थिए । उनिहरुले श्रमजिवी पत्रकारहरुका लागि अभियानले हौसला र उत्साह थपिएको बताए ।

पत्रकार रानाले रोग लागेको थाहा पाउँदा आफुलाई निकै नै पीडा भएपनि हाल आएर महासंघको साथले थप उर्जा थपिएको बताए ।

कार्यक्रममा पत्रकार महासंघ बागलुङका सल्लाहकार रामबहादुर जिसी, ४ नम्मर प्रदेश सदस्य संगम घर्ती, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्त र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सदस्य ताराप्रसाद शर्माले मंतव्य व्यक्त गरेका थिए ।

कार्यक्रम महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षता र सचिव राम थापाको संचालनमा सम्पन्न भएको थियो ।

काठमाडौको सिभिल अस्पतालमा उपचार गराइ रहेका रानाको उपचारका लागि महासंघले पहिलो चरणमा ६ लाख ३६ हजार ५ सय रुपैया हस्तान्तरण गरेको थियो । रानाको उपचारका लागि हालसम्म करिव ३१ लाख खर्च भैसकेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *