गल्कोटको दुदिलाभाटी र नरेठाँटी बजार अनुगमन, बरामद अखाद्य बस्तुहरु नष्ट !

घनश्याम गौतम, गल्कोट २०७५ असोज १६ । गल्कोट नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै सोमबार दुदिलाभाटीको भाटी बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा भेटिएका म्याद सकिएका, लेवल नखुलेका मेनुफ्याक्चर म्याद नभएका सामानहरु नष्ट गरिएको नगरपािलकाले जनाएको छ । नेपालीहरुको महान पर्ब दशैको अबसरमा हुने मुल्य बृद्धि, अखाद्य बस्तुको बिक्री बितरण रोक्ने उद्देश्यले बजार अनुगमन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले जनाकारी दिए ।

भाटीबजारमा गरिएको अनुगमनको क्रममा बिना दर्ता सञ्चालीत करिब १ दर्जन पसलबाट, माडा, सुर्ति करेन्ट सय पिस, चुरोट मुङको दालमोड १७ प्योकट, टप बिस्कुट २ प्याकेट, लिचि जुस,मेथी जिरा म्यागो जुस लगाएतका बिभिन्नम्याद गुज्रेका तथा अनुमति बिना बिधी भएका सामान बरामद गरिएको थियो । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत गौतम, प्रशाासकीय अधिकृत प्रदिप चन्द्र सुबेदी, प्रहरी चौकी नरेठाटीका हबल्दार समुन्द्र परियार, नगरपालिकाका नायब सुब्बा माधव प्रसाद शर्मा, लेखापाल भिष्म थापा रेडियो गल्कोटकी सरिता खत्री, धना खत्री दिपक थापा लगाएतको सहभागिता रहेको थियो ।

गलकोट नगरपालिका बडा नम्बर १ नरेठाटीँमा रहेका अधिकांस पसलमा होडिङबोड नभएको, नगरपालिकाकामा दर्ता नभएको, नबिकरण नभएको जस्ता समस्या देखीएकोले १ हप्ता दर्ता नबिकरण जस्ता सम्पुर्ण प्रक्रिया पुरा गर्न आग्रह गरिएको प्रशाशकीय अधिकृत सुबेदीले जनाकारी दिए । बरामद गरिएको अखाध्य बस्तु तथा म्याद सकिएका बस्तुहरु प्रहरी, अनुगमनकर्मि, जनप्रतिनिधी तथा पत्रकारको रोहोबरमा नष्ट गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *