बुधवार बागलुङमा अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईदै !

कोपिला कंडेल, बागलुङ, २०७३ फागुन २४ । भोलि अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईदै छ । गत वर्षहरुमा जस्तै यसवर्ष पनि जिल्लाका बिभिन्न गाबिस तथा क्षेत्रमा ७ औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस( ८ मार्च ) मनाउन लागिएको हो ।

यसवर्षको राष्ट्रिय नारा महिला समानताको आधार, सिपयुक्त हात र स्वरोजगार र सहायक नारा बदलिदो परिवेसमा कामकाजी महिला, सन. २०३० सम्म बराबरी पाईला रहेको छ ।

त्यसैगरी बागलुङ्ग बजारमा बिभिन्न महिला सघंसंगठनले कार्यक्रमको आयोजना गरेका छन् । भोलि बिहान ११ बजे बालमन्दिर सभाहलमा अन्र्तराष्ट्रिय महिला दिवसको आयोजना गरिएको नेपाल महिला सघं बागलुङकी अध्यक्ष शकुन्तला शर्माले जानकारी दिईन । त्यसैगरी जिल्लाको बिहु, गल्कोट, कुश्मीसेरा लगायतका स्थानमा दिवस मनाउने कार्यक्रम रहेको बताईएको छ । सन १९ १०मा संयु्क्त राज्य अमेरिकाबाट शुरु गरेको यो आन्दोलन अहिले बिश्वभर मनाउने गरिएको छ । यो दिवसमा महिला अधिकार, समानता, सशक्तिकरण समान कामको समान ज्याला लगायतका बिषयबस्तुको उठान गरिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *