बिना अनुमती ड्रोन क्यामराले तस्वीर खिच्न लागेका गुरुङ पक्राउ पछी रिहा !

बागलुङ २०७५ असोज १५ । प्रहरीले आज बिहान बागलुङ नगरपालिका १ बाँगेचौर खेलमैदानमा विना अनुमती ड्रोन क्यामराले तस्वीर खिच्न लागेका स्याँजा पुतलीबजार -१ का वर्ष ४२ का विजय गुरुङ सहितका व्यक्तिहरु र ड्रोन क्यामरा नियन्त्रणमा लिएर जिल्ला प्रशासन कर्यालयमा बुझाएको छ ।

यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालय बागलुङले नागरिक उड्डयन प्राधिकरणमा सोधी पठाएकोमा तस्वीर खिचि नसकेको हुनाले एक पटकलाई अव उप्रान्त विना अनुमती ड्रोन क्यामराबाट तस्वीर नखिच्ने कागज बनाई छोड्ने निर्देशन प्राप्त भएपछी ड्रोन क्यामरा फिर्ता गरी निजहरुलाई रिहा गरिएको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *