अक्षेते देखि पालाकाे काेटसम्मकाे करिव ५ कि मि गाेरेटाे वाटाे मर्मत

बागलुङ २०७५ असाेज १५ । काठेखाेला गाउँपालिका वडा नं १ मा अक्षेते देखि पालाकाे काेटसम्मकाे करिव ५ कि मि गाेरेटाे वाटाे मर्मत भएकाे छ । वडा समितिको प्रति महिना एक दिन श्रमदान गर्ने निर्णयअनुसार अाज उक्त काम सम्पन्न भएको हाे ।

वडा अध्यक्ष खड्क बहादुर थापाकाे नेतृत्वमा साविक पाला ३ र ४ का ५५ बढी नागरिकहरूको सहभागिता रहेकाे थियोे । गाउँमा राज्यले गरेकाे लगानी सिमित भएकाे र नागरिकहरूको बिकासकाे असिमित अाबश्यक्ता सम्वाेधन गर्न एवम् अाफ्नाे मेहनत परेकाे काममा नागरिकहरूको अपनत्व समेत महसुस हुने भएकाले यस्तो अभियान चालिएको वडा अध्यक्ष थापाले बताए । वडा सदस्य भुमिराज खत्री , वार्ड सदस्य दिपक खड्का , ने का वार्ड सदस्य दानबहादुर खड्का लगायतकाे सहभागीता रहेको थियाे ।

याे अभियान अन्तरगत असाेज १६ मा खहरे देखि हे पाे भवन सम्म, १९ गते सिलिखेत देखि चनाैटे पिपलडाडा सम्म र २० गते दाेविल्ला देखि छाा सम्म काम गर्ने याेजना रहेकाे वार्ड सदस्य दिपक खड्काले वताए । यसभन्दा पहिले श्रावण ८मा धिमि काप्रे माेटरवाटाे र भदौ २१ गते एकपाटा दाेविल्ला माेटर वाटाे मर्मत गरिसकेको अध्यक्ष थापाले वताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *