चारतारे युवा क्लब (सिवाइसी) व्दारा नयाँ बुहारीलाई स्वागत !

सुमन जि.सी, बागलुङ, २०७३ फागुन २४ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले हालै मात्र सञ्चालन गरेको आफ्नो कार्यक्रम÷सेवा नयाँ बुहारी स्वागत अन्तर्गत मङ्गलबार जिल्लाको तित्याङ ९ सालबोट स्थित शेयर सदस्य तिर्थ उपाध्याय र क्षमकली उपाध्यायका नाती पुर्व सञ्चालक सदस्य एवं सदस्य सेवाकेन्द्र तित्याङका संयोजक कुमार प्रसाद उापध्याय र शेयर सदस्य गीता उपाध्यायका जेष्ठ सुपुत्र शेयर सदस्य विपिन पौडेलको बागलुङ जिल्ला भकुण्डे गाविस वडा नं. ६ नीवासी पार्वती रिजालसंग भएको बैवाहिक कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको टोलीले पौडेलको घरमै पुगेर नयाँ बुहारी रिजाललाई टीका, खादा र बधाई तथा शुभकामना पत्र सहति स्वागत गरेको छ । सोही अवसरमा नयाँ बुहारी रिजाललाई संस्थाले शेयर सदस्य समेत प्रदान गरेको छ ।

संस्थाले जिवन आवास तथा सामाजिक सुरक्षा कोषको स्थापना गरी साही कोष मार्फत सदस्यको घरमा हुने जन्म देखि मृत्यूसम्मका सबै सुख दुःखमा साथ र सहयोग गर्ने गरेको छ । महिला दिदीवहिनीहरुको सम्पती माथिको पहुँच वृद्धि र भविष्यमा संस्थामा बुहारी शेयर सदस्यहरुको एउटा छुट्टै सिस्र्टस क्लव गठन गर्ने परिकल्पनाका साथ यो सेवा सुरुवात गरिएको अध्यक्ष पौडेलले जानकारी दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.