प्युठानमा जिप दुर्घटना, एकको मृत्यु

प्रेम सुनार,प्युठान २०७५ असोज १५ । आज विहान प्युठानको सालीबिसौनामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ठुलाबेसीबाट बाग्दुला तर्फ जाँदै गरेको लु १ च ३४७२ नम्वरको पिकअप जिप गौमुखी गाउँपालिका वडा नम्वर ५ सालीबिसौनामा दुर्घटना हुँदा स्थानिय अन्दाजी ३५ बर्षिय शालिक बस्नेतको घटना स्थल मै ज्यान गएको हो ।

प्युठान प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीका अनुसार बस्नेत एक जनाको मृत्यु भएको जानकारी आए पनि थप विवरण आउन बाँकी रहेको छ । डिएसपीका सहयोगी असईका अनुसार सबार ८ जना थिए । थप बिबरण आउन बाँकी छ । ओरालोमा तिब्रगतिमा आई रहेको जिप ब्रेक फेल भई दुर्घटना भएको जनाईएको छ । प्रहरी र स्थानिय अहिले उद्धार कार्यमा जुटिरहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *