एकै परिवारका चार जना हत्याकाण्डका योजनाकार पक्राउः हत्यारा आफ्नै ससुरा !

प्रेम सुनार, बुटवल, २०७५ असोज १५ । प्रदेश ५ को प्रहरीले नेपालगञ्जमा १३ बर्ष अघिको चर्चित सुनचाँदी ब्यबसायी दिपक हेमकार परिबारका चार जना हत्या काण्डका मुख्य योजनाकारलाई पक्राउ गर्न सफल भएको छ । मुख्य योजनाकार हेमकारका आफ्नै ससुरा किशोरलाल सोनी भएको खुलेको छ ।

२०६२ साल फागुन २३ गते नेपालगञ्जको सदरलाईनमा ८२ बर्षिय गुलावदेवि हेमकार, ६२ बर्षका जगदेव हेमकार , ४२ बर्षकी सीता देवि हेमकार , ३२ बर्षका दिपक हेमकार र बाँके कुसुमका कामदार राम शनिच्चर चौथरी सहित पाँच जनाको घाँटी रेटेर हत्या गरिएको थियो ।

प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्व्यमा मृतक दिपकका ससुरा किशोरलाल सोनीलाई मुख्य योजनाकारका रुपमा १३ बर्ष पछि पक्राउ गर्न सफल भएको हो । बाँके जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौड्यालका अनुसार दिपकका ससुरा किशोरलालले आर्थिक कारणबाट ज्वाँई सहित एकै परिवारका चार जना र एक जना कामदारको समेत हत्या गर्ने योजना बनाएको खुलेको छ ।

किशोरलालले सुरुमा अर्काकोमा सुन चाँदीको मिस्त्रीका रुपमा काम गर्थे । नरसंहार हत्या काण्डा पछि उनि लखनउको प्रियादर्शन कोलोनीमा बसोबास गर्दै त्यसको भुई तलमा ‘दीप ज्वैलर्स’ सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । दिपक हेमकार संग उनकी छोरी दीपाको विवाह भएको एक बर्ष पछि जघन्य हत्या काण्डा घटाईएको थियो ।

श्रीमान सहित पाँच जनाको हत्या पछि उनकी श्रीमति दीपाले दुई बर्ष पछि जम्मा ८७ लाखमा दिपकको सबै सम्पत्ती बेचेर भारत तिर बेपत्ता भएकी थिईन । बाँके प्रहरी प्रमुख पोखरेलले उनको खोजी कार्य भई रहेको बताए । त्यति बेला माओवादी जनयुद्ध र संकटकाल लागेको बेला सेना सहित सुरक्षा निकायको बाक्लो उपस्थितीका बाबजुद पनि ब्यस्त नेपालगञ्ज बजारको माथील्लो तलामा रहेको सुन चाँदी पसलमा तिन जनाको समुह प्रबेश गर्दै ५ जनाको हत्या गरी २९ लाख बराबरको सम्पत्ती लुटिएको थियो ।

त्यस राती सेनाको गस्ती भई रहेको थियो । अपराध अनुसन्धान विभागले कुकुर सहितको टोली झिकाएर अनुसन्धान गर्दा पनि अपराधीहरु पत्ता लगाउन सकेको थिएन । तत्कालिन अञ्चल प्रहरी प्रमुख राजेन्द्र सिंह भण्डारीले त्यस घटनाको अनुसन्धान गरेका थिए । लामो समय सम्म घटनाका अपराधी पत्ता नलागे पछि फाईलनै बन्द गरिएको थियो ।

लामो समय देखि बन्द फाईल रहेको रहस्यमय त्यस चर्चित हत्या काण्डलाई कार्यभार सम्हालेको दिन देखि प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले आफ्नो पहिलो मिशन बनाउँदै आएका थिए । त्यस मिशनमा उनले बाँके प्रहरी प्रमुख पोखरेल लगायत मातहतका पुरै टिमको साथ लिदै आएका थिए ।

अन्ततः बन्द फाईल र सर्वसाधरणमा गुमनाम बनेको १३ बर्ष पछि हत्याको मुख्य योजनाकार पत्ता लगाए । यति बेला नेपालगञ्जबासीमा खुशी छाएको छ । हत्यामा संग्लग्न दिपककी श्रीमति दीपा सहित अरु संलग्नहरुको खोजी कार्य तिब्र पारिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सम्पत्ती कै कारण एक बर्ष अघि छोरी दीपा संग बिबाहको नाटक र पुरै परिबारको बंशनास गर्ने ससुरा किशोरलाल अहिले बाँके प्रहरी हिरासतमा छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *