महिला उद्यमशीलता विकास सहकारीको साधारणसभा सम्पन्न !

कोपिला कंडेल, बागलुङ २०७५ असोज १४ । महिला उद्यमशीलता बिकास सहकारी संस्था लिमिटेड बागलुङको १८ औ साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गदै संस्थाका सल्लाहकार प्रेम छोटाले सहकारी मार्फत महिलाहरु सशक्तिकरण हुनुपर्नेमा जोड दिए । महिलाहरु विभिन्न सिपमुलक तथा आयमुलक कार्य गरी आर्थिक रुपमा सक्षम बन्नुपर्ने उनको भनाई थियो ।

महिलाले पनि अवसर पाए विभिन्न खालका क्षेत्रमा काम गर्न सक्ने भएकाले महिलालाई नेतृत्व दिनुपर्ने भन्दै सबै संग सहकार्य गर्दै अगाडी बढ्न उनले आग्रह गरे ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले वर्तमान समयमा आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्रमा महिला अगाडी देखिएपनि नेतृत्व तहसम्म पुग्न अझै नसकेको बताएका थिए । उनीहरुले स्थानीय तह देखि केन्द्र सम्ममा नै महिलाको नेतृत्व तहमा पहुँच बढाउन आवश्यक रहेको बताएका थिए ।

समाजमा रहेका बेरोजगार महिलालाई उद्यमी बनाउने उदेश्यले २०५७ सालमा स्थापना भएको यस सहकारी संस्थामा हाल २ सय १५ जना शेयर सदस्यको ६१ लाख २८ हजार २ सय रूपैयाँ शेयर पुजी रहेको कोषाध्यक्ष निर्मला श्रेष्ठले जानकारी दिएकी थिईन् ।

सहकारीले आर्थिक बर्ष २०७४÷२०७५ मा ५ करोड ७१ लाख ४ हजार ४ सय रूपैयाँ बराबरको कारोवार गरेर ६० हजार ८ सय ४५ रूपैयाँ खुद मुनाफा गर्न सफल भएको कोषाध्यक्ष श्रेष्ठले बताईन । साधारण शभाले सचिव अर्चना पालिखे र कोषाध्यक्ष निर्मला श्रेष्ठले प्रस्तुत गरेको प्रगति तथा आर्थिक प्रतिबेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।

कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष इन्द्रकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सल्लाहकार कोपिला कडेल, शेयर सदस्य गिता बुढा लगायतले समाजमा रहेका गरिब तथा बिपन्न वर्गको आर्थिक समृद्धि गर्ने खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । कार्यक्रम सहकारीका अध्यक्ष शशिकिरण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष ज्योती श्रेष्ठको स्वागत मन्तब्य र सचिव अर्चना पालिखेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *