पाँच सहकारी अभियन्ता सम्मानित : सहकारीलाई समृद्धिको साझेदार बनाउन आग्रह !

सिर्जना पन्त, बागलुङ २०७५ असोज १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा संघीय संसदका सदस्य मनकुमारी केसी जिसीले सहकारी क्षेत्रलाई वेवास्ता गरेर राज्यले लिएको समृद्धिको अभियानले सफलता नपाउने भएकाले सहकारीलाई समृद्धिको साझेदार बनाउन आगह गरेकी छन् ।

गुहेली सञ्चार सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका–२, बागलुङको १२ औं वार्षिक साधारण सभाको शनिवार भीमापोखरामा उद्घाटन पछि बोल्दै उनले यस्तो बताएकी हुन् ।

जनतालाई उद्यमशील बनाउन, आयआर्जनमा जोड्न, बचत संकलन गर्न र उनीहरुसंग रहेको पूँजिलाई परिचालन गरी व्यवसायिक बनाउने काममा सहकारी क्षेत्रलो उल्लेख्य काम गरेको भन्दै सहकारीलाई समृद्धिको अभियानको सारथी बनाउनु पर्नेमा जोड दिईन् ।

तीन तहको सरकार बनेको छ, अझै पनि हामीलाई केन्द्र सरकारले नै निर्देशन गरोस् भन्ने भावना त्यागेर स्थानीय तहबाट संभव हुने कामहरु यहीबाट गर्नु पर्नेमा जोड दिँदै केसीले संघीयतालाई स्थापित गर्न तथा समृद्ध समाज निर्माणका लागि स्थानीय तहलाई सवल र सक्षम बनाउनु पर्ने बताईन ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले स्थानीय रुपमा खेर गएका वस्तुहरुको पहिचान गरी तिनको उत्पादन बढाउन सहकारीका सदस्यहरुलाई प्रेरित गर्ने तथा उनीहरुले उत्पादन गरेका वस्तुहरु संकलन र बजारीकरणका लागि सहकारी संस्था र स्थानीय तह तथा वडाहरुको ध्यान जानु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, काठेखोला गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष विद्यापती शर्मा, वडा नम्बर ६ का अध्यक्ष युक्तप्रसाद कंडेल, काठेखोला गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विक, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष मणिभद्र शर्मा, जिल्ला सहकारी संघ बागलुङका ऋण उप–समिति सदस्य प्रेम बहादुर केसी, सप्तरङगी सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीष र पाला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोविन्द बहादुर खड्का लगाएतले बोलेका थिए ।

कार्यक्रम गुहेली संञ्चार सहकारी संस्था लिमिटेड बागलङका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष खिमाकुमारी शर्माको स्वागत र सचिव सुर्य बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारीले २ करोड १५ लाख ३८ हजार ५ सय ८८ रुपैयाको कारोबार गरेको छ । त्यसैगरी सहकारीले सञ्चालक र लेखा समिति पूर्नगठन गरेको छ । समितिको अध्यक्षमा खिमबहादुर कार्की, उपाध्यक्षमा सिता शर्मा, सचिवमा सुर्य बहादुर थापा, कोषाध्यक्षमा प्रसाद थापा, सह–सचिवमा पार्वती शर्मा र सदस्यहरुमा नविन शिशिर, चित्र बहादुर कार्की, लक्ष्मी थापा, भिमबहादुर केसी, तारा थापा र भुमिश्वर उपाध्याय रहेका छन् । त्यस्तै लेखा समिति संयोजकमा गिता हमाल तथा सदस्यमा इन्द्र बहादुर जिसी र विष्णु केसी रहेका छन् ।

सहकारी अभियन्ता सम्मानित
गुहेली सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारणसभाको अवसरमा काठेखोला गाउपालिकमा जन्मेर सहकारी र सञ्चार क्षेत्रमा उल्लेख्य काम गरेको भन्दैं राष्ट्रिय सहकारी बैंङकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी सस्थाका सम्पादक रामबहादुर जिसीलाई सम्मान गरेको छ ।

काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा जन्मिएर २०५० सालदेखि सहकारी अभियानमा सक्रिय जिसीले सहकारी अभियानसंगै सूचना र सञ्चार सहकारी स्थापना, सञ्चालन र व्यवस्थापनमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष खीमबहादुर कार्कीले बताए।
त्यस्तै काठेखोला गाउपालिकामा जन्मेर निजामती सेवा मार्फत उत्कृष्ट कार्य गरेको भन्दै काठेखोला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकलाई पनि सम्मान गरिएको थियो । काठेखोला गाउँपालिका वडा नं. ३ धम्जा निवासी विकले भीमापोखरा उपस्वाथ्यचौकीको प्रमुख रहेर समेत समाजमा योगदान गरेका थिए । यस्तै सहकारी मार्फत उद्यमशिलताका क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सप्तरङगी सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीषलाई सम्मान गरिएको थियो । काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राममा सञ्चालित उक्त सहकारीले बाख्रा उत्पादन गरेर साप्ताहिक रुपमा बोका बजार पठाएर विक्री वितरण गर्दै आएको छ । तंग्राममा सञ्चालित २ वटा उद्यमी सहकारीले गत आर्थिक वर्षमा मात्रै १ हजार खसी बोका विक्री गरेर १ करोड भन्दा बढी रकम गाउँ भित्र्याएका थिए ।
साधारणसभामा संस्थाका संस्थापक भुमिश्वर उपाध्याय र बाल बचत कर्ता गुरास पौडेललाई पनि सम्मान गरिएको छ । सम्मानित व्यक्तिहरुलाई संघीय संसदका सदस्य मनकुमारी केसीले दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *