प्रेस युनियन बागलुङको अध्यक्षमा प्रदिप पन्त सर्वसम्मत

बागलुङ, २०७५ असोज १३ । नेपाल प्रेस युनियन बागलुङको सातौं जिल्ला अधिवेशनले प्रदिप पन्तको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा संगम घर्तीमगर, सुवास आचार्य, सचिवमा नारायण रिजाल, सहसचिवमा सबिना अधिकारी र कोषाध्यक्षमा जेनिसा नायर रहेका छन् ।

समितिको सदस्यहरुमा सुमन जिसी, छविलाल पाण्डेय, चन्द्रमणी न्यौपाने, रामशरण पोख्रेल, सुरेश छन्त्याल, नवराज नेपाली, जयन्द्र सापकोटा, प्रविना रोकामगर, शर्मिला बस्नेत, निर्मला केसी र सुरक्षा खड्का रहेका छन् ।

अधिवेसनले २४ जनालाई केन्द्रीय पार्षदमा चयन गरेको छ । केन्द्रीय पार्षदमा जगन्नाथ आचार्य, दुर्गादत्त आचार्य, श्रीधर कँडेल, प्रकाश बराल, दोर्णकुमार कुँवर, धनराज सापकोटा, विकास पौडेल, भवानीप्रसाद कँडेल, प्रताप पौडेल, प्रकटकुमार शिशिर, मोहराज शर्मा, कृष्ण आचार्य, नारायण पौडेल, मनिष थापा, ज्ञानेन्द्र गौतम, दिलीप पौडेल, उषा पौडेल, शकुन्तला शर्मा, सीता शर्मा, संगीता शर्मा, लक्ष्मी परियार, अमिशा कँुवर, सिर्जना शर्मा, प्रतीक्षा आचार्य चयन भएका छन् ।

३२ जना प्रदेश पार्षदमा नरेश कँडेल, रमाकान्त सापकोटा, राजेन्द्र ढकाल, मञ्जुल शाक्य, त्रिलोचन रिजाल, रामप्रसाद कँडेल, भरत सापकोटा, कृष्णप्रसाद कँडेल, घनश्याम रिजाल, डिल्लीप्रसाद शर्मा, बलराम कँडेल, डिल्लीराज गौतम, मिलन केसी, विष्णुराज पौडेल, सपना पन्त, देवीकुमारी पाठक, सरस्वती पुन, विष्णु आचार्य, संगीता शर्मा, हेमा कार्की, अञ्जु सेञ्चुरी, सावित्री खड्का, गंगा थापा, सुस्मीता बोहोरा लगायत चयन भएका छन् ।

नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले व्यवसायिक पत्रकारीताको मर्यादालाई कायम राख्दै लोकतन्त्रको विकासका लागि प्रेस युनियनले भूमिका खेल्नुपर्ने बताए । ‘बामपन्थी सरकार आएसंगै प्रेस विरोधी केही गतिविधिहरु देखिन थालेका छन्,’ उनले भने,‘त्यस्ता क्रियाकलाप विरुद्ध लड्दै प्रेस युनियनले पेशागत सुरक्षा र पत्रकारको हितमा काम गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य दुर्गादत्त आचार्य, प्रेस युनियन केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि सरीता तिमील्सीना पंगेनीले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रदिप पन्तले प्रतिवद्धता मन्तव्य व्यक्त गरे । निर्वाचन समिति संयोजक भूमिश्वर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य घनश्याम रिजालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *