प्रजिअ पाण्डेव्दारा रिघाको पहिरो प्रभावित स्थलको निरीक्षण !

बागलुङ २०७३ फागुन २४ । गत आईतवार रिघा- ७ मनेवापाटाबाट गएको सुख्खा पहिरोले तीन दिन देखी अबरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सुचारु गर्न शंकर माली कन्स्ट्रक्सन कम्पनी र दरम खोला हाईड्रो ईनर्जीको संयुक्त पहलमा डोजर प्रयोग गरी काम भैरहेपनि पहिरो हटाएर लोकमार्ग सन्चालन गर्न अभैm केहि दिन लाग्ने प्राविधिकले बताएका छन् ।

भीषण पहिरोबाट रोकिएको दरमखोलामा बनेको तालबाट भने पानीको बहाव भैरहेकोले त्यस्बाट स्थानीयवासीमा त्रास नरहेपनि लोकमार्ग अवरुद्ध बनेर सवारी साधन सहज ढंकले सन्चालन नभएसम्म हजारौँ यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् ।

यसैवीच प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे पहिरोबाट पुगेको क्षती र लोकमार्ग सुचारु गर्न गरिएको कार्यको निरीक्षण अवलोकन गर्न पहिरो गएको स्थलमा पुगेका छन् । प्रजिअ पाण्डेले त्यहाँ निर्माण कार्यको प्रगतिका बारेमा जानकारी लिनुका साथै छिटै लोकमार्ग सन्चालनमा ल्याउन निर्देशन दिएका थिए ।
तस्बीर- अर्जुन ढकाल,बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *