दशैका लागि माटो खन्दा एकै परिवारका तीन जनाकोे मृत्यु !

प्रेम सुनार, बुटवल, २०७५ असोज १३ । दशैंका लागि घर लिप्ने माटो खन्ने क्रममा माथीबाट खसेको ढिस्कोले पुरिएर दाङ्गमा एकै परिवारका तिन जना महिलाको ज्यान गएको छ । राप्ती गाँपालिका दोलई खोलमा भन्ने स्थानमा माटो खन्न गएका एकै घर तीन जनाको मृत्यु भएको हो ।

आज दिउँसो माटाको ढिस्कोले पुरिएर ३५ बर्षिया मीनाकुमारी चौधरी, ३० बर्षिया श्यामकुमारी चौधरी र १२ बर्षिया रोजिना चौधरीको ज्यान गएको छ । तिनै जनाको शव पोष्मार्टमका लागि लमही अस्पतालमा ल्याईएको त्यहाँको प्रहरीले जनाएका छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *