प्रेस युनियन बागलुङको १५ औ साधारणसभा : बर्तमान सरकारले लोकतन्त्रका आधारभुत पक्षलाई प्रहार गरेको छ- केसी

कोपिला कंडेल, बागलुङ २०७५ असोज १३ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सहमहामन्त्री अर्जुननरसिंह केसीले बर्तमान सरकारले लोकतन्त्रका आधारभुत पक्षलाई प्रहार गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन बागलुङको १५ औ साधारणसभा तथा सातौ अधिबेशनको शनिवार उद्घाटन गर्दै उनले पछिल्लो समय कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका चुर्लुम्मै डुबेको बताए ।

उनले स्वतन्त्र पत्रकारिताले मात्र लोकतन्त्रको आधार स्तम्भ तयार गर्ने भन्दै सचेत भएर कलम चलाउन आग्रह गरे । लोकतन्त्र र पत्रकारिता एकार्काका परिपुरक हुन, कांग्रेस नेता केसीले भने लोकतन्त्र बिना प्रेस जगत फस्टाउन सक्दैन । लोकतन्त्र माथि आउने चुनौति बिरुद्ध सबै एक हुनुपर्ने भन्दै केसीले बिचारको स्वतन्त्रता र बिबिधतालाई संगठित गर्नुपर्नेमा जोड दिए । वर्तमान सरकाले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता माथि अंकुश लगाएको आरोप लगाउदै साम्यबादको खोल ओढेर लोकतन्त्रका आधारभुत सिद्धान्तलाई आत्मसाथ गर्न सकिन्न, केसीले भने जुनसुकै सघं संगठनको भएपनि पत्रकारितमा माथि आएको चुनौतीको सामना गर्न सामुहिक रुपमानै आगाडी बढ्नुपर्दछ । नेता केसीले लोकतन्त्रलाई बचाईराख्नका लागि पार्टी भित्र पनि सामुहिक नेतृत्वको बिकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, नेपाली कांग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र थापा, गण्डकी प्रदेशका सांसद एबं नेपाली कांग्रेसका सचेतक मणिभद्र शर्मा कंडेल, कांग्रेसका पुर्ब पार्टी सभापति प्रकाश शर्मा पौडेल, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य दुर्गादत्त शर्मा आचार्य, नेपाल प्रेस युनियनका सल्लाहकार एबं सयपत्रि एफएमका अध्यक्ष जगन्नाथ आचार्य, प्रेस युनियनका केन्द्रिय सदस्य दिलिप पौडेल, युनियनका गण्डकी प्रदेश संयोजक टंक अधिकारी, केन्द्रिय सदस्य एबं निर्वाचन प्रतिनिधी सरिता तिमिल्सीना, पुरस्कृत ब्याक्तित्व प्रकट कुमार शिशिर, प्रेस युनियन पर्वतका अध्यक्ष छबिलाल तिवारी नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र महासघंका सचिव राम थापा अबिरल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

यसैबिच नेपाल प्रेस युनियनले युनियनमा आबद्ध ४ जना पत्रकारलाई सम्मान गरेको छ । नेपाल प्रेस युनियनका संस्थापक धीर प्रताप सिहं र सिता सिहंले स्थापना गरेको तारादेबी चुर्णमान प्रेस युनियन पत्रकारिता पुरस्कारबाट धौलागरि टेलिभिजनका पत्रकार उषा पौडेल र एपिवन टेलिभिजनका पत्रकार मोहराज शर्मा लाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी बागलुङ्गका ब्यवसायी कर्ण हमालले स्थापना गरेको नारायणमान प्रेसयुनियन पत्रकारिता पुरस्कारबाट क्यापिटल मासिकका पत्रकार प्रकट कुमार शिशिर र मुक्तिक्षेत्र दैनिकका कार्यकारी सम्पादक नरेश कंडेललाई सम्मान गरिएको थियो । पुरस्कारको रासी जनही १ं० हजार १ सय १ रुपया रहेको युनियनका सचिव संगम घर्तिले जानकारी दिनुभयो । त्यसैगरी प्रेस युनियनका पुर्ब जिल्ला अध्यक्ष नेपाली नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रिय सदस्य भएको र युनियनका पुर्ब धौलागिरी अंचल संयोजक ज्ञानेन्द्र गौतम बानपा ११ को वडा अध्यक्ष बन्न सफल भएको भन्दै नेपाल प्रेस युनियनले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
सो अवसरमा युनियनले ए प्लाष्टीक एनेमिया रोगबाट पीडित पत्रकार बिजय रानाको उपचारका लागि १५ हजार नगद सहयोग गरेको थियो । त्यसैगरी पुरस्कृत ब्याक्तित्व प्रकट कुमार शिशिरले आफुले पुरस्कारबाट प्राप्त गरेको रकम रु १० हजार नेपाल पत्रकार महासघंको भवन निर्माणको लागि भन्दै महासघंका सचिव राम थापा अबिरललाई हस्तान्तरण गरेका थिए । कार्यक्रम नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष नरेश कंडेलको अध्यक्षता, उपाध्यक्ष प्रदिप पन्तको स्वागत मन्तब्य र सचिव संगम घर्तीको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *