गल्कोटे महिलाहरुको आवाज : छिटो समाई सरकार निर्मलाको हत्यारा, हामी छोरी बुहारी बाँच्ने अब कसरी ?

गल्कोट २०७५ असोज १३ । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको न्यायको माग गर्दै गल्कोट हटिया बजारमा -याली निकालिएको छ । प्राप्ति महिला सञ्जाल गल्कोट नगरपालिका वडा नम्बर ४ ले पन्तको न्यायका लागी सरकार र प्रहरी प्रशासनले कुनै चासो नदिएको भन्दै ¥याली निकालिएको सञ्जालका अध्यक्ष रश्मी गैरेले बताईन । -याली गलकोट नगरपालिका भित्रका करिब ३ सय बढि महिलाहरुको सहभागीता रहेको थियो ।

सहभागी महिलाहरुले सुरक्षाको ग्यारेन्टी गर, अपराधीलाई फाँसी दे, महिला अधिकार सुनिश्चितता गर, पीडितलाई न्याय दे, छिटो समाई सरकार निर्मलाको हत्यारा, हामी छोरी बुहारी बाँच्ने अब कसरी, हत्या हिंसा बलत्कार आजै देखि बन्द गर लगायत लेखिएका प्ले कार्ड सहित नारा लगाउदै हटिया बजार परिकर्मा गरि प्रहरी चौकी हटिया नजिकै पुगि कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा गल्कोट नगरपालिकाका नगरकार्यपालिका सदस्य शिव कुमारी खत्री, वडा १ का धना खत्री, लक्ष्मी खड्का लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै बक्ताहरुले दिन प्रतिदिन बलात्कार , हत्याका घटनाहरु एकपछि अर्को गर्दै घट्दै गएको भएपनि सरकारले यस्ता अपराधीहरुलाई उन्मुक्ति दिन खोजेको प्रति आपत्ति जनाएका थिए । प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषि देखाएको आरोप लगाएका थिए ।

आन्दोलनमा गलकोट नगरपालिका भित्रका बिभिन्न आमा समुहका अध्यक्ष तथा प्रतिनिधि, बिभिन्न सरकारी तथा गैरसरकारी संद्य संस्थाका महिला प्रमुख तथा प्रतिनिधि लगायत स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा गल्कोट नगरस्तरिय महिला सञ्जाल र प्राप्ति महिला सञ्जाल गनपा ४ ले सयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत सरकार समक्ष पु¥याउने गरि प्रहरी चौकी हटियामा ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्रमा दिनानुदिन महिला हिंसा र बलत्कारका घटनाहरु भईरहदा सुरक्षाको महसुस गर्न नसकिएको र बढ्दो बलत्कारको घटनाप्रति घोर भर्सना गरिएको छ । कार्यक्रम प्राप्ति महिला सञ्जालका अध्यक्ष रश्ीम गैरेको अध्यक्षता र उमा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *