दोहरी शव्दको व्युत्पत्ति र दोहोरी गीत !

बिक्रम सुनार

‘दोहोरी’ दोहोरो भन्ने शब्दबाट आएको हो । दोहोरो भनेको दुइ तर्फबाट भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट आएका सँगीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने बुझिन्छ । विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर तथापी पछिल्लो पटक दोहोरी रिकर्ड गरेर पनि बजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले बजार लिइरहेका छन् । त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाल जवाफ समेटेका हुन्छन् जसलाई गाएक गायिकाले त्यही अनुसार गाउने गर्दछन् । दोहोरी विशेष गरेर नेपालको मौलिक गीत हो ।

लोक भाका, गाँउका, दुखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवै कुराहरूलाई समेटेर गीत सृजना गरिएको हुन्छ लोक गीतमा । अनि त्यही लोकगीतलाई जव सवाल जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाई लोक दोहोरी गीत भनिन्छ ।

दोहोरीमा विभिन्न पाटाहरू समेटिएका हुन्छन् । सोरठी, ठाडो भाका, कौडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भू–भागहरूका गीत सँगित दोहोरी शैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू । यद्धपी प्रत्यक्ष(लाईभ( खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन पनि सक्छ । अनि सधै जुन सुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटीन पनि सम्भव हँदैन जसको फलस्वरूप रेकर्ड गरीएका गीतहरूको वजार राम्रो रहेको हुन्छ । लोक गायकहरू , शव्द संकलकहरु जस्तै कल्याण शेरचन, धर्मराज थापा, कुमार वस्नेत, बम वहादुर कार्की, एकनारायण भण्डारी अनि राजु परियार र विष्णुमाझी सम्म आइ पुग्दा नेपालको दोहोरीले ठूलो फड्को मारेको छ ।

दोहरीगीत युवायुवती वीचको गीतहरूको सवाल जवाफ हो । प्रायजसो नेपालका सबै ठाउँमा दोहरी गीत गाएको देख्न पाइन्छ । मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरूमा युवा युवतीहरू मादल, बाँसुरी आदि बाजाहरूको तालमा दोहरी गीत गाउने गर्दछन ्। दोहरीगीत नेपालीहरूको परम्परा पनि हो । तर आज भोलिको नयाँ पुस्ता जमनामा यो प्रथामा केही कमि आएको देखिन्छ । दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन् ।

लेखक, सन्चारकर्मी हुन् ।
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *