नवलपरासीको कावासोतीमा बस दुर्घटना, २ को मृत्यु ३१ घाईते !

प्रेम सुनार, बुटवल २०७५ असोज १३ । आज विहान ३ बजेको समयमा नवलपरासीको कावासोती–१६ मा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३१ जना घाईते भएका छन । घाईते मध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । नेपालगञ्जबाट काठमाडौका लागि छुटेको ना ७ ख ५६२९ नम्वको बस र विपरित दिशाबाट आई रहेको ना ६ ख ७७१९ नम्बरको ट्रक संग ठोक्कीदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी कोहलपुर–४ का २३ बर्षिय सुरज बिक र कपिलवस्तुका २४ बर्षिय लक्ष्मण थारुको ज्यान गएको पुर्व नवलपरासी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रमेश थापा संग सम्पर्क राख्दा ती दुईको मृत्यु भएको जानकारी दिए ।

३१ घाईते मध्ये १६ जना नवलपसारी कै कालिगण्डकी अस्पतालमा भर्ना गरिएको , चार जनाको मध्ये विन्दु अस्पतालमा र गम्भीर घईते ११ जनालाई भरतपुर अस्पतालमा पठाईएको उनले बताए । उनका अनुसार ११ जना मध्ये ४ जनाको अबस्था चिन्ताजनक छ । यो समाचार लेख्ने बेला सम्म सडक अवरुद्ध छ । घाईतेको विवरण प्रहरीले तयार पार्दै छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *