असोज १४ गते देखी गल्कोट प्रबेशव्दारको पुन: निर्माण कार्य सुरु गरिने !

घनश्याम गौतम, गल्कोट २०७५ असोज १२ । गल्कोट समाज गल्कोटको बैठक आज सम्पन्न भएको छ । बैठकले गल्कोट समाज जापानका निबर्तमान अध्यक्ष नर बहादुर थापा सहितको टोलीले गरेको पछिल्लो निर्णय तथा डिजाईन बमोजिम गल्कोट प्रबेशव्दार निर्माण गर्ने निणय भएको छ ।

समाजका अध्यक्ष हर्क बहादुर पाण्डेको अध्यक्षतामा बसेको बैठकले पछिल्लो डिजाईन अनुसार दुबै साईडमा ३ ओटा पिलर रहने गरि निकालेको डिजाईनमा गल्कोटको प्रबेशव्दार निर्माणलाई अगाडि बढाउने निर्णय गरको समाजका सचिब देबेन्द्र खत्रीले जनाकारी दिए ।

गल्कोट समाज जापानको आर्थिक सहयोग तथा गल्कोट समाज गल्कोटको ब्यबस्थापनमा गल्कोट नगरपालिका बडा नम्बर १ को भ्यु टाबर र काठेखोला गाउँपालिकाको सीमानामा निर्माणाधीन अबस्स्थामा रहेको उक्त प्रबेश व्दार गत बैशाखमा बन्दै गर्दा ढलेको थियो । प्राबिधिक तथा निर्माणको क्रममा भएको कमजोरीले गर्दा उक्त गेट ढलेपछि गल्कोट समाज जापान र गलकोट समाज गल्कोटले त्यसलाई ब्यबस्थीत रुपमा पुन निर्माण गर्ने कार्यलाई तिब्रता दिएका छन् ।

उक्त प्रबेशव्दार निर्माणको काम यहि असोज १४ गतेबाट प्रारम्भ गरिने ठेकेदार जय बहादुर बुढाथोकीले जनाकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *