गल्कोट नगरपालिकाको टोलीव्दारा हरिचौर, मल्म र काडेबास बजारको अनुगमन !

गल्कोट २०७५ असोज १२ । गल्कोट नगरपालिकाको नेतृत्व तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा आज गल्कोट नगरपालिकाको हरिचौर बजार, मल्म र काडेबास बजार अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा भेटिएका म्याद सकिएका, लेवल नखुलेका मेनुफ्याक्चर म्याद नभएका सामानहरु नष्ट गरिएको गल्कोट नगरपािलकाले जनाएको छ । नगरपालिकाले नेपालीहरुको महान पर्ब दशैको अबसरमा हुने मुल्य बृद्धि, अखाद्य बस्तुको बिक्री बितरण रोक्ने उद्देश्यले अनुगमन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले जनाकारी दिए ।

गल्कोट नगरपालिका बडा नम्बर ५ हरीचौर बजारमा गरिएको अनुगमनको क्रममा दिपा होटलबाट म्याद सकिएको क्याम्पाकोला १ बोतल, वीरेन्द्रको पसलबाट म्याद सकिएको पाइनापल जुस १ बट्टा, संगीत किराना पसलबाट लेबल नखुलेको पप २ पयकेट, राजु थापाको पसलबाट हाजमजाको बटटामा पापड तथा मिठाई र सडेकको बदाम १ माना, गलकोट नगरपालिका बडा नम्बर ९मा रहेको गौतम सप्लायर्सबाट लेबल नभएको माडा १ पोका, गलकोट नगरपािलका ७ मा बिद्याबिबेक किराना पसलबाट म्याद सकिएको फु्रन भुजा ४ प्याकेट, केराउ १ पोका, गलकोट नगरपािलका ८ काडेबासमा प्रदिप बुढाथोकीको पसलबाट, लेबल नखुलेको रसबरी १ बट्टा र लड्डु एक बटुटा, जिबन किराना पसलबाट म्याद सकिएको भुजा ८ प्योकट, रिक्की एण्ड गिनिज स्टोर्सबाट लेबल नखुलेको पप २ पोका, लगाएतका सामान बरामत गरिएको थियो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्त, प्रशाासकीय अधिकृत प्रदिप चन्द्र सुबेदी, ईलाका प्रहर िकार्यालय गल्कोटका प्रमुख मन बहादुर बिक, प्रहरी चौकी हटियाका प्रमुख टेक बहादुर थाडा, गलकोट नगरपालिकाका नायब सुब्बा माधव प्रसाद शर्मा, पशु शाखा प्रमुख चिन्तामणी शर्मा, उद्योग बाणिज्य संघ गलकोट ईकाईका प्रतिनिधी कौशिला घर्ति, गल्कोट नगरपािलका बडा नम्वर ८ का कार्यबाहक बडा अध्यक्ष घनश्याम चालिसे, बडा सचिब सुवास सुनार र कार्यलय सहायक अनिता कडेंल लगाएतको सहभागिता रहेको थियो ।

नगरपालिका बडा नम्बर ५ हरिचौर र बडा नम्बर ८ काडेबासमा रहेका अधिकांस पसलमा होडिङबोड नभएको, नगरपालिकाकामा दर्ता नभएको, नबिकरण नभएको जस्ता समस्या देखिएकोले १ हप्तामा दर्ता नबिकरण जस्ता सम्पुर्ण प्रक्रिया पुरा गर्न आग्रह गरिएको प्रशाशकीय अधिकृत सुबेदीले जनाकारी दिए । बरामद गरिएको अखाध्य बस्तु तथा म्याद सकिएका बस्तुहरु प्रहरी, अनुगमनकर्मी, जनप्रतिनिधीको रोहोबरमा गलकोट नगरपालिका बडा नम्बर ८ काडेबासमा जलाईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *