बुवाको श्राद्धमा फरक क्षमता भएका बालबालिकालाई मिष्ठान्न भोजन !

झरना कँडेल, बुर्तिवाङ २०७५ असोज १२ । ढोरपाटन नगरपालिकाका एक ब्यक्तीले आफ्नो बुवाको श्राद्धको अबसरमा बुर्तिबाङमा बिशेष क्षमता भएका बालबालिकालाई बिहानी भोजन खुवाएका छन्।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा बिगत लामो समयदेखी कृष्ण दुध डेरी सञ्चालन गर्दै आएका कृष्ण खनाल जैसीले आफ्नो बुवा घनलाल जैसीको सम्झनामा बुर्तिबाङ स्थीत उत्तरगंगा माध्यमिक बिद्यालयमा अवस्थित बिशेष कक्षाका फरक क्षमता भएका बालबालिकालाई बिहानी भोजन गराएको बताए ।

सो अबसरमा उनले बालबालिकालाई मीठो भोजन गराउन पाउदा आफुलाई निकैनै आत्मसन्तुष्टी मिलेको बताउदै आगामी दिनमा पनि यस्ता कार्यहरु गर्ने बता । साथै उनले उनीहरुका लागी एक सेट भट्टी चुलो समेत प्रदान गरेका छन् ।

सो अबसरमा अंपाँगतां सञ्जाल बागलुङका अध्यक्ष चुडा बहादुर कुंवरले यो सराहनीय कार्यको लागी खनाललाई धन्यबाद दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *