आजको तस्वीर : बन्ला त, बाँगेचौर-अदुवाबारी जोड्ने पुल !

बागलुङ २०७५ असोज १२ । आज असोज १२ गतेको ४ बजेको समयमा केहि फेसबुक मित्रहरुद्वारा बागलुङ नगरपालिका-१ रामरेखा बाँगेचौरबाट पर्वत जिल्लाको कुस्मा नगरपालिका पाङ अदुवाबारी जोड्ने कालीगण्डकीमाथी झोलुङ्गे पुल निर्माण गर्न नाँप जाँच कार्य सुरु भएको जानकारी सहित केहि तस्वीरहरु पोष्ट गरिएको छ । यो सन्देश नगरबासीका लागि निश्चयपनि खुशीको कुरा हो । बागलुङ नगरपालिकाको दलबल सहितको टोलीको समुपस्थितीमा नापजाँच भैरहेको तस्वीरले देखाएको छ ।

सोहि स्थानबाट पर्वत पाङको अदुवाबारीमा झोलुंगे पुल निर्माण गर्न आज भन्दा झण्डै ६ वर्ष पहिले पनि बागलुङ नगरपालिकाले यस्तै नापजाँच गरेको थियो र तत्सवन्धि समाचार सन्चारमाध्यमहरुमा आएका थिए । तर आजका मिति सम्म त्यो पुलको निर्माण कार्यको सुरुवात नै नभएको अवस्थामा आज गरिएको नापजाँचले कहिले साकार रुप लिने हो त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।

जुन २२, २०१३ मा धौलाश्री अनलाईनले अदुवाबारीको पुल नबनोस, भकुण्डेको केबलकार !!! शीर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो जसमा लेखिएको छ -“…गत बर्ष बागलुङ नगरपालिका १ बाँगेचौर देखी पर्वत पाङको अदुवाबारी जोड्ने झोलुंगे पुल निर्माण गर्ने निकै झयाली पिटियो । यसको निर्माण सम्वन्धी समाचारहरु छ्याप्छ्याप्ती बाहिर आए । कुस्मेलीहरुले पर्वतकै ज्ञादी जोड्ने मोदी खोलामा हालेको देशकै अग्लो र लामो झोलुंगे पुलले बागलुङेहरुलाई दिएको झड्का थियो यो ।आफुले जाँगर नदेखाउने छिमेकीले गरेको देखेपछी खुट्टा उठाई हाल्ने (हामीपनि कहाँ कम छौँ ? भन्ने) प्रवृत्तिको द्योतक बन्यो अदुवाबारी पुल । अन्तत: बागलुङ नगरपालिकाको अदुवाबारी जोड्ने पुल समाचारमै सीमित रहन पुग्यो । पुल निर्माण शुरु गर्न माटोपनि छोएनन यी गफडीहरुले ।”

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *