छोरा छोरी पढाउन बुर्तिवाङ बस्दै आएकी युवती माथी यौन दुर्ब्यबहार गर्न खोज्ने पक्राउ !

टिकाराम भट्टराई, बुर्तिवाङ २०७५ असोज १२ । ढोरपाटन नगरपालिका- १ बुर्तिवाङ बजार स्थित उत्तरगंगा माबि छेउ घम्सेनमा डेरा गरी बस्ने निसीखोला गाउपालिकाकी एक युवतीलाई यौन दुर्ब्यबहार गर्ने प्रयास भएको छ ।

गए राति डेरामा सुतिरहेको अवस्थामा एक युवक उनको कोठामा प्रवेश गरी यौन सम्पर्क स्थापित गर्न प्रयास गर्दा पीडित महिलाले हार गुहार गरेपछी युवक भागेको बताईएको छ । पीडित महिलाले रातिनै ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा खबर गरेपछी राति नै प्रहरी घटनास्थल पुगेको तर निज युवक नभेटिएपछी प्रहरी फर्किएको थियो ।

निज महिलाले दिएको जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङले अभियुक्त ढोरपाटन नगरपालिका- ४ छोरेगाउँका २५ वर्षिय कोपिल घर्तीलाई आज विहान नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईएको प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए । प्रहरी श्रोतका अनुासर अभियुक्त घर्ती ढोरपाटन नगरपालिका- ३ बगर स्थित उनको आफन्त कहाँ लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए । अभियुक्त घर्तीले झारफुक (झाँक्री) काम पनि गर्दै आएको खुल्न आएको छ ।

पीडित युवतीका श्रीमान बैदेशिक रोजगारीमा रहेको र निज युवती छोराछोरी पढाउन बुर्तिवाङ बजारमा डेरा लिएर बस्दै आएको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *