गृहमन्त्री थापाले पहिलो पटक गुल्मीको पुर्खेयौली घर टेक्दै …

प्रेम सुनार, गुल्मी २०७५ असोज १२ । गुल्मी बडागाउँको दजाकोट पुर्खेयौली घर भएका गृहमन्त्री रामबहादुर थापा ( बादल ) आज सम्म कहिल्लै मुल घर टेक्ने चेष्टा गरेनन वा फुर्सद मिलेन । तर, भोलि उनी विहान साढे सात बजे कोदाको रोटी, बाँईवडा ( टमाटर ) र मरौटीको छोप ( चटनी ) को अर्नी ( खाजा ) र त्यस पछि कवेलीको तिउँन ( फर्सीको तरकारी ) र आटो (च्याँख्ला ) खाना मुल घर आउँदै छन ।

उनको मुल घर तल्ला गाउँ अर्थात तल्लो दजाकोट हो । उनकी कान्छीयाँ (काकी ) सुमित्रा सोनारीले छोरा आउँदै छन , कोदाको रोटी बाईवडाको छोप र कवेलीको तिउन संग आटो खुवाउने ईच्छा राखेकी छन । उनि आउने भने पछि उल्लास छ गाउँमा । पुरै गाउँले खाना बनाईदै छ । मुसिकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा गृह मन्त्रीका छिमेकी हरिप्रसाद छन्त्याल र पुर्व माओवादी नेता खुमबहादुर थापा लगायतका समाज सेवीहरु उनकोे स्वागत तयारीका लागि जुट्दै छन ।

‘समय छोटो छ तर गृहमन्त्रीज्युलाई आफ्नो दाजु भाईको रुपमा हेर्न आउनेहरुको लर्को धेरै छ –नेता खुमबहादुर थापाले भने –‘ उहाँलाई पहिलो पटक मुल घरमा पाईला टेकाउने हाम्रो धोको भोली पुरा हुने भएकाले हामी हर्ष विभोर छौ । ’ स्थानियबासी तथा जनप्रतिनिधी हरिप्रसाद छन्त्यालको फोन उठाई नसाध्धे छ । छिमेकी भएकोले गृहमन्त्रीलाई स्वागतको तयार उनैको जिम्मामा बढि छ । छन्त्याल भन्छन –‘गृहमन्त्री ज्यु पहिलो पटक गाउँ आउँदा हामीमा खुशीको सिमा छैन । ’

उनका नातेदार डाँडाथोकका बिष्णु बगालेका अनुसार गृहमन्त्री थापाका पिता कर्णबहादुर थापा भारतीय सेनामा भर्ति भएको केहि बर्ष सम्म घर आउने गर्दथे । पछि चितवनमा घर जग्गा किने पछि उनको र उनका सन्तानको आवत जावत रोकिएका थियो । उनका परिवारका चेली बेटी र अन्य सदस्य भने चितवनमा जाने आउने गर्दछन । गृहमन्त्री थापाका माईलाबा ( काका ं) मनबहादुर सोनारी , कान्छाबा .( काका ) दलबहादुर सोनारीको मृत्यु भई सकेको छ ।

उनका छोराहरु नेरबहादुर र रामबहादुरहरु दाजु भेटन पाउने खुशियालीमा छन । त्यसै दजाकोट अन्तरगतमा पर्छ मुसिकोट नगरपालिका । खुशीको सिमा नरहेको बताउँछन नगर प्रमुख सोमनाथ सापकोटा । उनि भन्छन–‘ भोली उहाँको बसाई एकदम छोटो छ तर हामी नगरवासीलाई उहाँ संगै लामो समय बसेर दुख सुख साटी रहुँ जस्तो लागेको छ । छोटो समय उहाँले दिए पनि हामीले धन्य ठानेका छौ । यस नगरपालिका भित्र राज्यको उच्च ओहदामा पुग्ने उहाँ नै श्रेष्ठ ब्यक्ति रहेकोले भोली उहाँलाई उहाँ कै पुर्खेयौली घर दजाकोटमा भब्य स्वागत र नागरिक अभिनन्दन गरिदै छ । ’

जनयुद्धका बेला त्यही दजाकोटको बाटो आवत जावत गरेको बताउने गृहमन्त्री थापा यस अघि सदरमुकाम तम्घास आएको बेला सबै आफन्तजनलाई भेटेर गाउँ घरे भाषामा कुराकानी र माया साटासाट गरेका थिए । म एक चोटी घर आउँछु, सानाबा, सानीमा र मामा माईजु भनेर भनेका थापा धेरै बर्ष पछि बल्ल भोली आउँदैछन ।

उनको गाउँ पहिला जस्तो छैन । २०७३ बैशाख १८ गते आगोलागी भएर नष्ट भएको छ । ति खरका छानाहरु छैनन । कुखरा र सुंगुरहरु पनि जथाभावी हिड्दैनन । त्यस्तो फोहर गाउँ अहिले सफा छ । पुरै जनजाती बस्ती छ । जाँड रक्सीले हो–हल्ला गर्ने , फोहरले टेकी साध्य नहुने हिजोको उनको गाउँ अहिले होमस्टे जस्तो सधै बसी रहुँ जस्तो सफा , सुन्दर र सभ्य थलो बनेको छ ।

गृहमन्त्री थापा भोली बिहान पुर्खेयौली घर परिवार भेटेर यता लाईन्स क्लव अफ काठमाण्डौ लर्ड बुद्धले सदरमुकाम तम्घासमा आयोजना गरेको बृहत स्वास्थ्य शिविरलाई सम्वोधन गर्न आउने छन । त्रि–दिवसिय स्वास्थ्य शिविर आजै देखि सुरु भएको छ । शिविरको जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले आ–आफ्नो स्गवास्थ्य परिक्षण गराई उद्घाटन गरेका छन ।
बाबुकै श्राद्धको दिन घर आउने संयोग
गृहमन्त्री थापाका चितवन स्थित माईला भाई चोकबहादुर थापा संगं सम्पर्क राख्दा उनले भोली दाजु मुल घरमा जानु र बाबुको श्राद्ध हुनु एकै दिन परेकोले बिशेष महत्वको दिनका रुपमा लिईएको बताए । उनका अनुसार उनका बाबुको मृत्यु चार बर्ष अघि भएको थियो ।
अनरोरी लेफ्टीनेन्टमा सन १९७१ मा रिटायर्ड भएका बाबु कर्णबहादुरले भरतपुर नगरपालिका वडा नम्वर २ क्षेत्रपुरमा जमिन किनेर बसोबास सुरु गरेका थिए । २०१२ सालमा जेठा छोरा बादल जन्मेका थिए । उनि जन्मेको ६३ बर्ष पछि उनले मुल घरमा पाईला टेक्दैछन ।

दजाकोटबाट उनिहरुले तब गाउँ छाडे जब अग्रेज र चिन बिचको लडाईमा उनीहरुका बाबु कर्णबहादुर लडाईमा परे , र लकदात भन्ने स्थानबाट सन १९६२ सालमा उनि सहित करिव २५ प्रतिशत अग्रेज सेनालाई चिनले कब्जामा लियो । त्यो थाह पाए पछि यता घरमा रोई कल्लाई सुरु भयो । ११ महिना सम्म कब्जामा रहेका उनका बाबु तब रिहा भए जब दुई पक्ष बिच सन्धी भयो ।

११ महिना देखि बन्धक भए पछि गुल्मी कै आँपचौर स्थित मामा हर्कबहादुर र दिलबहादुर पल्लीले दजाकोट बाट रातौरात नेता बादलका परिवारलाई उठाएर सिलाङ्ग पुराएका थिए । माईला भाई चोकबहादुर भारतिय सेना कै अवकास प्राप्त मेजर हुन र साईला भाई नरेशकुमार थापा पनि भारतिय सेना कै फौजी हुन । कान्छा भाई ईन्द्रबहादुर थापा भने स्थानिय अवकास प्राप्त शिक्षक हुन । सबै भन्दा जेठी छोरी हेमकुमारी थापा र विष्णु देवी राना चितवन मै छन । वहिनी रेनु आले ईञ्जिनियर पढ्न गएका श्रीमान संगै लण्डनमा छन । बादलका एक छोरा एक छोरी छन । उनकी श्रीमति नैनाकला पार्टीकै जिम्मेवार नेतृ हुन ।
प्रचण्ड र बादल बालसखा
चोकबहादुर थापा यसरी विगत खोल्छन– प्रचण्ड र बादल सानै देखिका दौतरी हुन । राजनैतिक रुपमा उनिहरु नर्सरी देखिका क्लास फ्रेण्ड जस्तै हुन । बादलले चितवनको एग्रीकल्चर युनिभरसिटीमा पढ्थे । उनि आईएसीमा कलेज टप भएर रुसमा ७ बर्ष सम्म पढ्न जाने स्कलरशिप पाए । २०३२ साल तिर उनि रुस गए ।

२०३६ सालको पञ्चायत विरोधी आन्दोलनमा रुसमा रहेका कम्युनिष्ट विद्यार्थीहरुले बादललाई त्यहाँका विद्यार्थीहरुले प्रतिनिधीत्व गराई उनलाई स्वदेशको आन्दोलनमा पठाए ।

राजतन्त्र विरुद्धको त्यस आन्दोलनमा राजाले नै स्कलरशिप दिएर पठाएको विद्यार्थी राजतन्त्र विरुद्ध कै आन्दोलनमा आएको छ भन्ने सुराकी पाए पछि बादलको सात बर्ष पढ्ने स्कलरशिप खोसियो । उनि रुसबाट अएको पाँच महिना पछि चितवनको तत्कालिन शारदा नगर गाउँ पञ्चायतले आयोजना गरेको बार्षिक आर्थिक प्रतिवेदन सार्वाजानिक गर्ने कार्यक्रममा सहभागी भए ।

उनले सभा सोधे–‘ यस आर्थिक प्रतिवेदन उपर बोल्न पाईन्छ ? सभाबाट बोल्नु अनुमति दिईयो । बादलले भने–‘ तपाईहरुले आर्थिक प्रतिवेदन मौखिक रुपमा त सुनाउनु भयो । कतै पुल बनेका कतै बाटो घाटो निमार्ण भएका त भनियो तर खै कागजी प्रमाण र खर्च भएका बिलहरु ? यस्तो सवाल उनले उठाए पछि सधै सभा पक्षकै ताली पिट्नेहरुले पहिलो पटक बादलको त्यो सवालको समर्थन गर्दै ताली पिटे ।
चोकबहादुर थप्छन–‘त्यति बेला राजातन्त्रलाई बोकेको कांग्रेसको ठुलो दवदवा थियो’– त्यति बेला प्रधानपञ्च कांग्रेसका तेजप्रसाद गुरुङ्ग थिए उनले रामबहादुर थापाले शान्ति बिथल्यो भन्दै ११ महिना सम्म दाजुलाई जेल हाले । त्यो नै पहिलो र अन्तिम जेल थियो ।’ त्यस पछि उहाँलाई कसैले समात्न सकेन । भुमिगत राजनीतिमा उहाँलाई फेला पार्ने कोही छैन । उता प्रचण्ड पनि त्यो बेला गाउँका चल्तापुर्जा शिक्षक हुनुहुन्थ्यो ।
तत्कालिन का्रग्रेसका लागि टाउँको दुखाईको पात्र बन्नु भएको थियो । जात्रै छुर्मुखो मान्छे भन्थे । अहिले आफुहरु भन्दा अरु कोही छैन लोकतन्त्रवादी भन्ने कांग्रेसहरु उति बेला मानिस बोले बापद पनि मान्छेलाई त्यसरी जेल हाल्थे । करिव ४ बर्षको तयारी पछि प्रचण्ड र बादल भुमिगत भई जनयुद्ध घोषणा गरेका थिए । प्रचण्ड शिवनगर घर आउँदा हाम्रो परिवारकहाँ नपसी छाड्नु हुन्न । प्रचण्ड ज्यु पहिला आमालाई भेटनु हुन्छ त्यस पछि परिवारका सदस्य संग भालकुसरी गर्नु हुन्छ । उहाँमा बडापन छैन ।

हिजो जसरी परिवार संग घुलमिल हुनुहुन्थ्यो त्यसरी नै प्रस्तुत हुनुहुन्छ । बादल र प्रचण्ड दुबैले यहाँ घर बनाएका छैनन । पुर्खेयौली सम्पत्तीको भागीदार मात्रै हो । दाज भाउजु जोरपाटीको डेरामा बस्नु हुन्छ । अँस्ती कुन चाँहीले प्रचण्डले छोरीका नाममा घर बनायो भनेर फेशबुकमा हालेको देख्दा हाँसो उठ्यो ।

प्रचण्ड र बादल दुबैले आफ्नो निजी सम्पत्ती कत्ति पनि नराख्ने पार्टीकरण गर्ने भन्दै आउनु भएको छ । रह्यो कुरा गाउँको । म दजाकोट दुई तिन चोटी गई सकेको छु । अहिले यहाँ घरमा बुढा बुढी मात्रै भएकोले यसपालीको दशैमा चाहेर पनि हामी दजाकोट जान सक्दैनौं । दजाकोटमा मात्र होईन पर दिगामचौरका वोमबहादुर थापा सहित बलिथुममा पनि हाम्रा दाजु भाईहरु छन ।

दाजु दजाकोट नपुगे पनि दजाकोट र त्यस आसपासका कुरा गरिरहनु हुन्छ । त्यहाँको बिकास निर्माणका लागि त्यहाँबाट नेताहरु भेट्न आउँछन र उहाँले आफुले सके जत्तिको पहल गर्दै आउनु भएको छ । आफ्नो गाउँको कुकुर त प्यारो हुन्छ भन्छन भने हाम्रा लागि दजाकोट मात्रै होईन सिंङ्गो गुल्मी र त्यस आसपास प्यारो नहुने त कुरै भएन । ’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *