साली नाताकी युवतीसंग जर्बजस्ती यौन सम्पर्क गर्ने युवकलाई जिल्ला अदालतबाट ५ वर्ष कैद !

महेन्द्र केसी, पर्वत २०७५ असोज १२ । घरमा सुत्केरी श्रीमती छाडेर साली नाता पर्ने संग यौन क्रियाकलापमा संलग्न एक युवालाई पर्वत जिल्ला अदालतले ५ बर्ष कैद र ५० हजार क्षतिपुर्तिको सजाय सुनाएको छ । पर्वतको कुश्मा नगरपालिका ८ चुवाका ३५ बर्षिय दुर्गाबहादुर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले उक्त सजाय सुनाएको हो ।

क्षेत्रीले गत जेठ १८ गते एक अबिबाहित युवतीलाई जर्बजस्ती बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले जेठ १९ गते पक्राउ गरेको थियो । पर्वत जिल्ला अदालतका न्यायाधीश सुर्यबहादुर थापाको असोज ९ गतेको इजलासले आरोपित क्षेत्रीलाई मुलुकी ऐन जबर्जस्ती करणी दफा १ विपरित कसुर ठहर गरी सोही ऐनको दफा ३ को ४ नं। बमोजिम उनलाई सजाय सुनाएको हो ।

उक्त दफा बमोजिम ५ बर्ष कैद सजाय र दफा १० बमोजिम क्षतिपुर्ति बापत ५० हजार रुपैँया पीडितलाई बुझाउनुपर्ने व्यवस्था छ ।
ता घर्तीको शव सोहि स्थानको भूजी खोलाको पहिरोमा फेला परेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *