७ वर्षिया बालिका बलात्कार गरेको अभियोगमा १० बर्षिय बालक माथि मुद्दा !

महेन्द्र केसी, पर्वत २०७५ असोज १२ । पर्वत जिल्लाको जलजला गाउँपालिकाका १० वर्षिय बालकलाई ७ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले कार्बाही अघि बढाएको छ ।

पीडित बालिकाका अभिभावकले प्रहरीमा बलात्कारको उजुरी दिएपछी आरोपी बालकलाई नियन्त्रणमा लिएर प्रहरीले जिल्ला अदालत पर्वतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको र अभियुक्तलाई अभिभावकको जिम्मा लगाएको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *