भूजीखोलाको पहिरोमा भेट्टियो, १९ वर्षिया संगीता घर्तीको शव !

बुर्तिवाङ २०७५ असोज १२ । तमानखोला गाउँपालिका बोँगादोभानका १३ वर्षिय किशोरको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको तीन दिन नवित्दै ढोरपाटन नगरपालिका-९ साविक बोवाङ गाविसको लाँकुरीबोटकी १९ वर्षिया संगीता घर्तीको शव सोहि स्थानको भूजी खोलाको पहिरोमा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेका बताएपनि संगीताको मृत्युको कारण भने थाहा हुन सकेको छैन । संगीताको मृत्यु सम्वन्धमा राम्रो अनुसन्धान हुनुपर्ने स्थानीयको माग रहेको छ । शव भेटियोकी आत्महत्या भनेर मान्न नहुने स्थानीयको भनाई रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *