धौलागिरी अन्चल अस्पतालबाट आयो यस्तो खुशीको खबर !

कुसुम थिङ, बागलुङ २०७५ असोज १२ । स्त्रीरोग विशेषज्ञको अभावमा प्रसुती सम्वन्धी बिरामीहरुले उपचार सेवा नपाईरहेको अवस्थामा धौलागिरी अन्चल अस्पतालमा आज स्त्रीरोग विशेषज्ञ डा अनुपा थापा सहित बालरोग विशेषज्ञ डा प्रज्ज्वल पौडेल हाँजिर हुन आउदा अस्पताल परिसरमा खुशीको माहोल देखिएको छ ।

पछिल्लो समय यस धौलागिरी अन्चल अस्पतालबाट प्रसुतीका लागी पोखरा रिफर गरिएकी एक महिलालाई सडक अवरुद्ध हुँदा पोखरा पुराउन नसकी पर्वत जिल्ला अस्पताल हुँदै बेनी अस्पताल पुराएर पर्वत अस्पतालकी डा. हेमा छन्त्यालले शल्यक्रिया गरी प्रसुती गराईएको घटनाले निकै चर्चा पाएको थियो ।

अन्चल अस्पतालमा स्त्रीरोग विशेषज्ञ चिकित्सक नहुनाले धेरै महिलाहरुलाई असुविधा भैरहेको समयमा स्त्रीरोग विशेषज्ञ डा. थापा सहित बालरोग विशेषज्ञ डा. पौड्यालको उपस्थितिले यसक्षेत्रका जनतालाई सुखद अनुभूति दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *