मोटरसाइकल दुर्घटनामा एक महिला गम्भीर घाईते !

बागलुङ २०७३ फागुन २४ । मंगलवार विहान बागलुङ बजार देखी कुँडुले तर्फ जाँदै गरेको मोटरसाईकल दुर्घटना हुँदा एक महिला गम्भीर घाईते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार आज विहान पौने ११ बजेको समयमा बानपा २ श्री नगरटोलका वर्ष १८ का प्रकाश पौडेल र सोहि स्थान बस्ने वर्ष २१ की अमृता कँडेल ध १ प ५३५५ नं को मोटरसाइकल चढेर कुँडुले जाँदै गर्दा मोटर साईकल पल्टिदा त्यस्मा सवार अमृता कँडेलेको अनुहारमा चोट लागेकोले धौलागिरी अन्चल अस्रपतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

प्रहरीका अनुसार मोटरसाईकल चालक प्रकाश कँडेल प्रहरी नियन्त्रण रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *