गल्कोट नगरपालिकाव्दारा हटिया बजार अनुगमन, बिना दर्ता सन्चालित गल्कोट डेन्टल बन्द गर्न निर्देशन

घनश्याम गौतम, गल्कोट २०७५ असोज ११ । गल्कोट नगरपालिका आयोजना एवं जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा आज गल्कोटको हटियाबजार अनुगमन गरिएको छ ।

गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमको नेतृत्व जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, गल्कोट नगरपालिकाका प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदी, बडा नम्बर ३ का बडा अध्यक्ष वीरजंग भण्डारी, बागलुङ उद्योेग बाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, उपाध्यक्षव्दय ढालेन्द्र प्रसाद गौतम, लेकराज खड्का, प्रहरी चौकी हटियाका प्रमुख टेक बहादुर थाडा, गलकोट एफ एम का स्टेशन प्रमुख घनश्याम गौतम, नगरपालिकाका नायब सुब्बा माधव प्रसाद शर्मा, स्वास्थ्य शाखा प्रमुख मिनराज गैरे, पशु शाखा प्रमुख चिन्तामणी शर्मा, लेखापाल भिष्म थापा, ईन्जिनियर कञ्चनजगं कार्की, बडा सदस्यहरुको टोली द्वारा हटिया बजारका दुई दर्जन भन्दा बढी पसलहरुको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत पन्तले जनाकारी दिए ।

हटिया बजार अनुगमनको क्रममा गल्कोट डेन्टल क्लिनिकको दर्ता नभएको, डाक्टरको अनुमति पत्र नभएको भेटिएकोले उक्त डेन्टललाई तत्काल बन्द गर्न निदेशन दिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जनाकारी दिए । गौतमका अनुसार नेपालीहरुको महान पर्ब दशैको अबसरमा हुने मुल्य बृद्धि, अखाद्य बस्तुको बिक्री बितरण रोक्ने उद्देश्यले अनुगमन गरिएको बताए । गौतमले अनुगमनलाई निरन्तरता दिने पनि ईबागलुङलाई जनाकारी दिए ।

अनुगमनको क्रममा दुर्गा मिष्ठान्न भण्डारबाट १० बटा बदाम जुस, सहना बानु कस्मेटिक सेन्टरबाट बेबी पाउडर ४ बटा, भ्यासलिन ४, बटा ईभर युथ क्रिम ४ बटा, लोसन ३ बटा, राजा बेकरीबाट ५ प्याकेट पप, २ प्याकेट केक, पाण्डे किराना पसलबाट ५ ओटा अरेन्ज जुस, आकृति किराना पसलबाट १ बटा अरेन्ज जुस, लक्ष्मी जनरल स्टोर्सबाट फ्राई भुजा १ पोका, भुजा सानो ९ बटा बरामद गरि नष्ट गरिएको थियो ।

अनुगमनमा अधिकांश पसलमा साईनबोर्ड नभएको, नगरपालिकाकामा दर्ता नभएको, नबिकरण नभएको जस्ता समस्या देखिएकोले १ हप्ता भित्र दर्ता नबिकरण जस्ता सम्पुर्ण प्रक्रिया पुरा गर्न आग्रह गरिएको प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुबेदीले जनाकारी दिए । बरामद गरिएको अखाद्य बस्तु तथा म्याद सकिएका बस्तुहरु प्रहरी, पत्रकार तथा जनप्रतिनिधीको रोहोबरमा हटियामा जलाईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *