अखिल छैटौँको जिल्ला सम्मेलनको उद्घाटन : सरकारले शिक्षामा लगानीगर्न आलटाल गरेको आरोप !

प्रकाश छन्त्याल, गल्कोट २०७५ असोज ११ । राजमो निकट अनेरास्ववियु छैटौं को २३औं जिल्ला सम्मेलन गल्कोट नगरपालिकाको काँडेवासमा प्रमुख अतिथि अनेरास्ववियु छैटौंका केन्द्रिय माहासचिब भिमलाल पोख्रेलले मैन बत्ती बालेर उद्घाटन गरेका छन् । कार्यक्रममा जिल्लाभरका १० स्थानीय तहका प्रतिनिधि र प्रयवेक्षक गरि ३२५ जना बिद्यार्थीहरु सहभाागिता रहेको थियो ।

जिल्ला सम्मेलनको प्रारम्भमा विद्यार्थीहरुको बिशाल रेली गल्कोट बाँसखोला देखि काडेबासको शिव मा बिको प्राङ्गणमा पुगेपछी मुल समारोहमा परिणत भएको थियो ।

उद्घाटन पछी कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पोखरेलले शिक्षामा लगानी गर्न सरकारले आलटाल गरेको, शिक्षामा भइरहेको बिकृती अन्त्यको लागि शिक्षामा आमूल परिवर्तन गरि जनवादी र बैज्ञानिक शिक्षा लागू गर्नका लागि बिद्यार्थीहरु एक भएर अगाडी बढ्नु पर्ने बताए ।

तेस्तै विशिष्ट अतिथिको आसन बााट शुभकामना मन्तव्य दिँदै रा ज मो केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले अहिलेको सरकार बाट कुनै प्रकारको सकारात्मक कार्य हुन नसकेको बताए ।

अर्का अतिथी रा ज मो बागलुङ जिल्ला अध्यक्ष अमर बहादुर थापाले बोल्दै सहि शिक्षाको आर्जन गर्नुको लागी विद्यार्थीहरु बिधालयमा पुगेर मात्र नहुने सरकारले सहि शिक्षा निति बनाउनेतर्फ लाग्न सचेत बनाए ।

कार्यक्रममा युवक संघ केन्द्रिय सल्लाहकार तिलक थापा ,प्रगतिशील पत्रकार संघ गण्डकी प्रदेश इन्चार्ज तारा प्रसाद शर्मा ,नेपाल पत्रकार माहासंघ जिल्ला सदस्य तथा रेडियो बिहानीका स्टेशन को अर्डिनेटर प्रकाश छन्त्याल ,युरोप नेपाली एकता समाज सदस्य अनिल सुवेदी, युएई नेपाली एकता समाज पुर्ब अध्यक्ष कृष्ण के सी ,अखिल नेपाल संघ केन्द्रिय प्रतिनिधि टीकाराम कडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

छैटौं जिल्ला समिती बागलुङले साउन महिनामा आएको अविरल बर्षाको कारण घर क्षती पुगेका मन बहादुर बि क लाई सहयोग स्वरुप नगद साथै उहाँका छोराछोरीको लागी स्टेशनरी वितरण गरेको थियो भने एस इ इ परिक्षामा बागलुङ जिल्ला उत्कृष्ट जिपिए अंक ल्याउन सफल अनिस्टकार पौडेल, कुशल पौडेल ,नबिना थापालाई सम्मान पत्र प्रदान गरिएको थियो।

कार्यक्रम छैठौं जिल्ला अध्यक्ष शिव चालिसेको अध्यक्षता, जिल्ला सदस्य मनिष कँडेलको स्वागत र जिल्ला उपाध्यक्ष दिलिप बुढाथोकीको सन्चलनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *